बाँच्ने रहरसँगै सहयोगको अपिल

अनिल तिवारी
बारा । मृत्युसँग जुधिरहेकी बाराकी सुनिता महत्तोले आफ्नो ज्यानको रक्षा गरिदिन आग्रह गर्नुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ बिसौलियाकी ४० वर्षीया महत्तोलाई ब्रेन ट्युमर भएर उहाँ मृत्युसँग लडिरहनुभएको छ ।

आर्थिक समस्याका कारण उपचार पाउन नसकेको उहाँलाई आर्थिक सहयोग गरेर ज्यानको रक्षा गरिदिन महतोले सबैलाई आग्रह गर्नुभएको हो । सामान्य चियाको पसल सञ्चालन गर्दै आउनुभएकी महत्तो बिगत तीन महिनादेखि मृत्युसँग लड्दै आइरहनुभएको छ । एकल महिला महत्तोको मस्तिस्कको अपरेशन गर्नु पर्ने भएकाले दश लाख रुपैयाँको आवश्यक्ता परेको बिरामी सुनिता महत्तोको भनाइ छ ।

परिवारमा कमाउने कोही नभएको र १४ वर्षकी एकजना छोरी मात्रै रहेकीले जसोतसो गरी परिवारको गुजारा गर्दै आउनुभएकी सुनिता अहिले आफै मृत्युसँग लडिरहनुभएको छ । घरमा कमाउने कोही नभएपछि उहाँकी छोरी सपना कुमारीले पनि पठन पाठन छोडेर आमालाई चिया पसलमा सघाउँदै आइरहेकी छन् ।

बिगत तीन महिनादेखि आमाको टाउको सामान्य रुपमा दुख्ने गरेको र औषधी खाए पछि आराम हुने गरेको तर यही असोज १ गते सहनैं नसक्ने गरी टाउको दुखेपछि उपचार गराउन जाँदा उहाँलाई ट्युमर भएको डाक्टरले जानकारी दिएको छोरी सपनाले बताईन् ।

दुखाईबाट छट्पटाई रहेकी आमालाई स्थानीयको सहयोगमा छोरी सपनाले स्थानीय तराई सिमरा हस्पिटलमा उपचार गराइन् । चिकित्सकको सल्लाह अनुसार आमाको टाउकोको वीरगञ्जस्थित न्यूरो अस्पतालमा सिटी स्क्यान गराउँदा रिपोर्टमा ब्रेन ट्युमर साबित भएको हो ।

कमाउँने कोही नभएपछि आर्थिक अभावका कारण महत्तो परिवार अहिले चिन्तित छ । थप उपचारका लागि काठमाडौं स्थित न्यूरो अस्पतालमा पु¥याईएकी बिरामी सुनिताको मस्तिस्कको अपरेशन गर्नु पर्ने त्यहाँका चिकित्सकले बताएका छन् ।

दश लाख रुपैयाँको खाँचो भएकाले अझै बढी सह्योगी हातहरुको खाँचो रहेको बताउँदै स्थानीय युवा नेता श्यामबाबु गुप्ताले रोगले सानो ठूलो नगन्ने, जो कोही पनि बिरामी हुँन सक्ने भएकाले भोलिको दिनका लागि आज हामीले सुनितालाई सहयोग गर्नु सबैलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै स्थानीय समाजसेवी राधा देवी साहले विगत लामो समयदेखि टाउको दुख्ने ब्यथाबाट ग्रसित महत्तोको मस्तिस्कको अपरेशनका लागि सुनिता बचाउ अभियानमा लागि परेका यहाँका सर्वसाधारणले ३२ हजार रुपैयाँ संकलन गरेर पिडित सुनितालाई हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो ।

सुनिता बचाउ अभियान अन्तर्गत बिरामी कै छोरी सपना कुमारीको नामको बैंकमा खाता समेत खोलिएको छ । देश विदेशमा रहनु हुने सहयोगी नेपालीहरुलाई सहयोगमा सहजताका लागि एसबिआई बैंकमा खाता खोलिएको हो ।

एसबिआई बैंक सिमरा बारामा सपना कुमारीको नाममा खोलिएको खाता नम्बर २५३१५२४३२००००४ मा सम्पूर्ण नेपालीले आर्थिक सहयोग गरेर सुनिता बचाउ अभियानलाई सफल पार्नु पर्ने आवश्यक देखिन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…