महराले याैन दुर्व्यवहार गरेकाे समाचार ब्रेक गर्ने पत्रकार शिवाकाेटी अमेरिकामा पुरस्कृत हुने

काठमाडौं । संसद सचिवालयमै कार्यरत महिला कर्मचारीमाथि सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको समाचार ब्रेक गरेका पत्रकार अजयबाबु शिवाकोटी अमेरिकामा पुरस्कृत हुने भएका छन् ।

नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्राकुरा डटकमका सम्पादक सिवाकोटीलाई यस वर्ष ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गर्न लागिएको हो ।

नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ को राशी १ हजार अमेरिकी डलर रहेकोछ। ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको इन्जाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुर्व्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महराबारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो।

नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने मान्यता स्थापित हुँदै गएको समयमा महराबारेको समाचारले नेपालको मर्यादाक्रममा चौथो स्थानमा रहेका सभामुख महरालाई राजीनामा गर्न बाध्य मात्रै बनाएनन्, हाल उनलाई आवश्यक कानुनी कारवाहीकोलागि प्रहरीले हिरासतमा समेत लिइसकेकोछ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…