दशैंमा जेलभित्रै सुँगुर काटेर खाँदा २ कैदीको मृत्यु, २ सिकिस्त

पाँचथर । सुँगुरको मासु खाँदा दुई कैदीको मृत्यु भएको छ । दुईजना सिकिस्त छन् । कैदीले दशैंको अवसरमा आइतबार कारागारभित्रै सुँगुर ल्याएर काटेको प्रहरीले जनाएको छ । सुँगुरको मासु खाएपछि कैदीहरुलाई झाडा पखाला लागेकाे हो ।

बिरामी परेका उनीहरुलाई सोमबार बिहान जिल्ला अस्पताल भर्ना गरिएको थियो । कैदी जीवन बिताइरहेका फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय वुद्धि केरुङ  र याङनामकै ३४ वर्षीय जयप्रकाश जवेगुकाे उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का  कैदी जवेगुकाे अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ लाँदै गर्दा  साेमबार राति बाटोमै ज्यान गएको प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।

सुँगुरको मासु खाएका कैदीद्वय कुम्मायक गाउँपालिकाका ३० वर्षीय दिनेश खजुम र सिदिन गाविसका सुन्दर राई बिरामी परेका छन् । उनीहरुको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…