कांग्रेस अधिनायकवादी बन्यो, नेता पैसामा बिके (भिडियोसहित)

नेपाली कांग्रसले अप्ठयारो पर्दा मात्र खोज्ने तर अवसरमा कहिल्यै नसम्झने व्यक्ति हो कमला थापा । २०१५ सालमा काठमाडौंको फर्पिङमा जन्मनु भएको हो । उहाँले कान्ति ईश्वरी मा. विबाट २०३२ सालमा प्रवेशिका( एसएलसी) गर्नु भयो र नेपाल ल क्याम्पसमा भर्ना हुनु भयो । ल क्याम्पसमा पढ्दा उहाँ स्ववियु निर्वाचनमा नेविसंघबाट कोषाध्यक्षमा निर्वाचित हुनु भयो तर त्यसबेला कोषाध्यक्ष बाहेक अन्य सबै पद वामपन्थी विद्यार्थीले जितेका थिए । अरु सबै पदमा वामपन्थी र नेविसंघको कोषाध्यक्ष मात्र हुँदा आर्थिकमा फसाउँछन भनेर केही साथीहरुले उहाँलाई राजीनामा दिन सल्लाह दिए । साथीहरुको सल्लाह अनुसार उहाँले कोषाध्यक्षबाट राजीनामा दिनुभयो । उहाँको परिवारै राजनीतिमा क्रियाशील थियो । बुबा विष्णुबहादुर कुँवर नेपाली कांग्रेसमा सक्रिय हुनुहुन्थ्यो ।

पार्टी क्रियाशील भएकै कारण बुवा विष्णुबहादुरले १८ महिना प्रहरी हिरासत र ३ वर्षजेलमा बस्नु परेको थियो । बी.पी कोइरालाको राजनीतिक सिद्धान्त र बुबाको सक्रियताबाट उहाँलाई सानैदेखि राजनीतिप्रति चाख लाग्यो । स्कुल तहको विद्यार्थी अवस्था देखि नै नेविसंघमा आवद्ध हुनु भयो, पढाई राजनीतिमा क्रियाशील हुन थाल्नु भयो । राजनीतिमा गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाबुसँग निकटता बढ्दै गयो, अनि उहाँ पार्टीमा सशक्त रुपमा क्रियाशील हुन थाल्नु भयो ।

विद्यार्थीदेखि राजनीतिमा सक्रिय हुनुभएका थापाले नेपाल महिला संघको पनि नेतृत्व गगरिसक्नु भएको छ । २०६२/ ०६३ मा लोकतन्त्रको लागि आन्दोलन चलेको बेला उहाँ नेपाल महिला संघको महासिचव हुनुहुन्थ्यो । पहिलो संविधान सभामा उहाँ समानुपातिकबाट सभाषद् हुनु भयो । उहाँ राजनीतिसँगै सामाजिक विकास संघ मार्फत विकास निर्माणमा समेत क्रियाशील हुनुहुन्छ । पछिल्लो समय उहाँलाई पार्टी नेतृत्वको कार्यशैली चित्त बुझेको छैन । अहिलेकै कार्यशैलीले कांग्रेस झन् भन्दा झन् कमजार हुने उहाँको बुझाई छ । त्यही कारण उहाँले नेतृत्वको कडा आलोचना गर्नुभएको छ । प्रस्तुत छ, जनता टेलिभिजनको नियमित कार्यक्रम सन्दर्भमा खेम बमले उहाँसँग गर्नुभएकाे कुराकानी :

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…