चिनियाँ राष्ट्रपति २५ गते आउँदै, यस्तो छ भ्रमण एजेण्डा

विज्ञप्तिसहित

                 फाइल तस्बिर

काठमाडौं । ‘चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज २५ गते नेपाल आउनु हुने भएको छ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति सी अक्टुवर १२ मा आएर १३ मा फर्कने जनाएको छ ।

सीको आगमनले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण हुनेछ । यसअघि तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ मा नेपाल भ्रमण गर्नुभएको थियो । चिनियाँ प्रधानमन्त्री वेन जियावाओले सन् २०१२ को जनवरीमा नेपाल गर्नुभएको थियो । त्यसपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सकेको थिएन ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणको तयारी तीव्र गतिमा भइरहेको छ । सरकार राष्ट्रपति सीको भ्रमणका बेला हुने सम्भावित सम्झौताको तयारीमा जुटेका छ । परराष्ट्र मन्त्रालयको समन्वयमा अन्य मन्त्रालयले पनि सीको भ्रमणका बेला हुनसक्ने सम्झौताबारे गृहकार्य गरिरहेका छन् ।
सीको भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (।डिपिआर) सुपर्दगी सन्धी लगायतका सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।

रसुवागढी–काठमाडौं, किमाथाङ्का–हिले, दिपायल–दक्षिण चीन जोड्ने सडक, टोखा–विदुर नुवाकोट सडक, गल्छी–रसुवागढी–केरुङ विद्युत प्रसारण लाईन, ७ सय ६२ मेगावाट क्षमताको तमोर जलविद्युत परियोजना, फुकाट–कर्णाली जलविद्युत परियोजना र मदन भण्डारी विश्वविद्यालय निर्माणसम्बन्धी आयोजना लगायतका विषयमा छलफल चलिरहेको स्रोतको भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…