तिलिचो पुग्दै ३३ केभी लाइन, पूरा भयो पाल्तेनको सपना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइन विश्वको सबै भन्दा बढी उचाइमा रहेको तिलिचो तालको फेदीसम्म पुग्ने भएको छ । हिमाल पारिको जिल्ला मनाङमा प्रयास गरेको २६ वर्षपछि राष्ट्रिय प्रसारण लाइन पुग्न लागेको हो ।

प्राधिकरणले चालू  आर्थिक  वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन मनाङको तिलिचो र अन्नपूर्ण पदमार्गको थोराङसम्म नै विस्तार भइसक्ने जनाएको छ । पाल्तेन गुरुङ मन्त्री भएको बेला २०५२ सालमा मनाङमा राष्ट्रिय प्रसारण लाइन लग्न प्रकृया थालिएको हो ।

३३ केभी प्रसारण लाइन अहिले सदरमुकाम चामेसम्म पुगेको छ । तर विद्युत प्रसारण भने गरिएको छैन । चालू आर्थिक वर्षभित्र थोरोङको आधार शिविर, चौरीखर्क र तिलिचो तालको आधार शिविरसम्म प्रसारण लाइन बिस्तार भइसक्ने प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङ, खाङसारहुंदै तिलिचो आधार शिविरसम्म लाइन पुर्याउन लागि १ करोड १८ लाख ८४ हजार १ सय ४० रुपैयाँ बिनियोजन गरिएको छ । जिल्लाको माथिल्लो भेगस्थित मनाङ, टङ्कीमनाङ हुंदै थोरोङला आधारशिविरसम्मका लागि २ करोड ३५ लाख ५६ हजार ९ सय ३४ रुपेयाँ छुट्याइएको छ ।  माथिल्लो भेगसम्म लाइन बिस्तारको लागि कूल ३ करोड ५४ लाख ४१ हजार रुपेयाँ लाग्ने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य कर्मा घलेले लाइन बिस्तार कार्य भइरहेको जानकारी दिँदै चाडै सम्पन्न हुन जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य घलेका अनुसार प्रसारण लाइनसंग मनाङलाई जोडदा मनाङमा उत्पादन भएका विद्युतलाई अन्यत्र बेच्न सकिने र आवश्यक पर्दा खरिद गर्न पनि सकिने बताउनु भयो । त्यसका साथै हाल सञ्चालनमा रहेका विद्युतगृहमा खराबी आउंदा पनि मनाङका जनता अध्यारोमा बस्नु नपर्ने उहाँको भनाई छ ।

पूर्व मन्त्री  गुरुङले प्रसारण लाइन निमार्ण थालनीदेखि अहिलेसम्म त्यसलाई निरन्तर प्रयास गर्दै आउनुभएको छ । पूर्वमन्त्री गुरुङले हरेक वर्ष लाइन बिस्तारमा बजेट नघटाउन निवेदन बोकेर मन्त्रालय धाउने गर्नुभएकाे थियाे । आफ्नो २ दशकदेखिकाे प्रयास सफल भएकोमा उहाँले खुशी व्यक्त गर्नु भयो ।

‘मनाङमा ३३ केभी विद्युत पुर्याउने मेरो सपना र योजना बल्ल पूरा भएको छ’ उहाँले भन्नुभयो, ‘मनाङ अत्यन्तै चिसो ठाउँ हो, यहाँका बासिन्दाले न्यानो लागि आगो बाल्नुपर्छ । त्यसको लागि दाउरा काट्दा वनजंगल नै मासिने खतरा छ । अब राष्ट्रिय प्रसारण लाइन पुगेपछि बासिन्दाले हिटर बाल्न पाउँछन् । त्यसले वनजंगल समेत जोगाउन मद्धत पुग्छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…