‘मलाई सुनियोजित रुपमा फसाउन खोजियो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेलले आफ्नो चरित्र हत्याको प्रयास भइरहेकोे बताउनुभएको छ ।

सांसद पौडेलले लेखक खिमा रिजालद्वारा लिखित पुस्तकसँग जोडेर विभिन्न अनलाइनले सुनियोजित रुपमा फसाउन खोजेको बताउनुभएको हो ।

नेता पौडेलले विभिन्न अनलाइन आफूबारे भइरहेको यौनसम्बन्धी समाचारको खण्डन समेत गर्नुभएको छ । ‘मलाई सुनियोजित रुपमा फसाउन खोजियो’ पौडेलले भन्नुभयो, ‘मेरो नाम जोडेर गलत समाचार प्रकाशित भएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, गलत समाचार लेख्ने मिडियाविरुद्ध उजुरी दिन्छु ।’

जनतासमाचार डट्कमसँग बुधबार बिहान कुराकानी गर्दै पौडेलले भन्नुभयो, ‘किताबकी लेखकसँग पनि मैले कुरा गरेको छु, किताबमा त्यस्तो लेखिएकै छैन् । नेपाली मिडियाले लोकतन्त्र रक्षाका लागि ठूलो बलिदान रहेको बताउँदै केही मिडियाले लोकतन्त्रमाथि खतरा हुने गरी समाचार प्रकाशित गर्न थालेको भन्दै राज्यले त्यसलाई कडाइ गर्नु पर्ने बताउनुभयो ।

‘उज्यालाेकाे खेजीमा’ की लेखक खिमा रिजालले किताबमा देवेन्द्र पौडेलेको कुनै पनि विषय नजोडिएको बताउनुभएको छ । किताबमा देवेन्द्र पौडेलको राजनीतिक सल्लाहकार भनेर लेखे पनि मिडियाले राजनीतिक सल्लाहकार हटाएर देवेन्द्र पौडेल मात्र उल्लेख गरेर समाचार प्रकाशित गरेकोमा आपत्ति जनाउनुभएको छ ।

‘समाचार गलत छ, देवेन्द्र पौडेलको कुनै पनि विषय त्यहाँ समावेश गरिएको छैन, गलत समाचार प्रकाशन गर्ने मिडियालाई कारबाही हुनु पर्ने रिजालको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…