अफ्नै श्रीमान मार्ने श्रीमती पक्राउ

सप्तरी । आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका छोरा र मृतकका श्रीमतीलाई बुधबार सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–१ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

पारिवारिक विवादका कारण दुई दिन अघि आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु थियो । मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।

पक्राउ परेका आमाछोरा हत्यामा संलग्नता रहेको गाउँलेले आंशका गरेपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिनुभयो ।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरि कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चुरे क्षेत्रका बासिन्दालाई हरेक बर्षको समयमा बाढि, पहिरो र भुक्षयको डरले निद्रा आउन छाडेको छ ।

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…