केरुङ–काठमाडौं रेल वे सम्झौता हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपतिको दुईदिने नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल वे सम्बन्धी सम्झौता हुने बताउनुभएको छ ।

सम्झौताका लागि अहिले दुवै देशका उच्चस्तरीय अधिकारीबीच संवाद निरन्तर भइरहेको जानकारी दिँदै चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमण ऐतिहासिक र राजकीय भ्रमण भएकाले विशेष महत्वको हुने बताउनुभयो ।

यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्वीकारेर चिनियाँ राष्ट्रपतिले आगामी शनिबार गर्ने भ्रमणले दुई देशका साथै जनताबीच बलियो सम्बन्ध बनाउने बताउँदै उहाँले कूटनीति र आर्थिक क्षेत्रमा नेपालको परराष्ट्र नीति सुदृढ रहेको र सोहीअनुसार सफलता कायम हुँदै गइरहेको बताउनुभयो ।

चिनियाँ राष्ट्रपतिले  शनिबार राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…