नेपाल रेडक्रस साेसाइटीको भेला स्थगित

हुमाकान्त पोखरेल
गुल्मी। नेपाल रेडक्रस सोसाइटी धुर्कोट उपशाखाको भेला स्थगित भएको छ ।

प्रत्येक वर्षको एकादशीमा सम्पन्न हुने भेला यस वर्ष भने राजनीतिक विवाद चर्किएपछि स्थगित भएको हो ।

रेडक्रस भवनमा कुनै पनि राजनीति गतिविधि अथवा कार्यक्रम गर्न नपाइने कानुनी प्रावधान छ । तर भवनमा नेपाली कांग्रेसले झण्डा राखि शुभकामना आदानप्रदान कार्यक्रम गरेपछि नेकपा निकट रेडक्रसका प्रतिनिधिहरुले विरोध गरेका थिए । ‘प्रावधान विपरित काङ्ग्रेस निकट प्रतिनिधिहरूले रेडक्रस भवनमै पार्टीको कार्यक्रम गर्नुभयो’, रेडक्रस समितिका सचिव नेकपानिकट देवेन्द्र भण्डारीले भने, ‘गरिमामय भवनमा पार्टीको कार्यक्रम गरेकोले विरोध गरेका हौं ।’

नेपाल कम्युनिष्ट पार्टी वस्तु गाँउकमिटिले भने कांग्रेस निकट रेडक्रस प्रतिनिधिहरूको राजीनामा माग गरेका छन्। यस सम्बन्धमा कांग्रेस निकट रेडक्रस सोसाइटिका सहसचिव युवराज पाण्डेले शुभकामना आदानप्रदान कार्यक्रमको तीन सय रसिद काटिएको बताए । तर आफूहरूले नियतबस संस्थाकै बदनाम गराउनका लागि भने कार्यक्रम नगरेको प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…