राष्ट्रिय ह्याण्डबल टोलीमा विदेशी प्रशिक्षक

कास्की । नेपाली राष्ट्रिय ह्यान्डबल टोलीलाई प्रशिक्षणका लागि पोर्चुगलका ह्यान्डबल प्रशिक्षक पोखरा आएका छन् ।

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) तयारीमा रहेको नेपाली टोलीलाई प्रशिक्षणका लागि प्रशिक्षक जोआ फ्लोरेन्सियो यहाँ आएको नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।

आगामी तीन महिनाका लागि नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका उनी राष्ट्रिय खेलकूद परिषद्को सहयोग र सङ्घको निमन्त्रणामा आएका हुन् ।

प्रशिक्षक फ्लोरेन्सियोले बिहीबारदेखि प्रशिक्षण शुरु गर्ने बताइएको छ । उनलाई बुधबार पोखरा विमानस्थलमा सङ्घका पदाधिकारीहरुले स्वागत गरेका थिए । आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने सागको तयारीका लागि ह्यान्डबलको महिला २२ र पुरुष २२ खेलाडी पोखरा रङ्गशालास्थित ह्याण्डबल एकेडेमीमा बन्द प्रशिक्षणमा रहेका छन् ।

सागमा महिला तथा पुरुष ह्यान्डबलको प्रतिस्पर्धा पोखरामा सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रशिक्षक फ्लोरेन्सियोसँग पोर्चुगलको युवा ह्यान्डबल टोली तथा दुई वर्ष अफ्रिकाको अङ्गोलामा प्रशिक्षण गराएको अनुभवबाट नेपाली टोलीले लाभ लिने संघका सचिव केशव पाठकले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजिकै शनिबार बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।…

फाइल फाेटाे दाङ । घोराहीमा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय…

संस्थाको पाँचौं साधारणसभा आगामी मंसिर २८ गते काठमाडौंमा हुन लागेको हो ।

मेष– नयाँ कामको थालनी हुने देखिन्छ । साताको शुरुमा काममा जिम्मेवारी थपिने एवं नयाँ काममा खर्च बढ्नेछ । व्यापार व्यवसायमा…

मेष- आम्दानी राम्रो हुनेछ । कार्यमा सफलता मिल्नेछ । वृष- प्रतिष्ठाको योग बन्नेछ । नोकरीमा फाईदा हुनेछ । मिथुन- विदेशबाट…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…