बलेरोले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते

                        फाइल तस्बिर

तनहुँ । पृथ्वीराजमार्गमा बलेरो जिपले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ । श्रीमान र छोरा घाइते भएका छन् ।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नम्बरको बलेरो विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–००–०१ प ८३ नम्बरको स्कुटरलाई बन्दीपुर गाउँपालिका–५ याम्पामा ठक्कर दिएको हो ।

बलेरोको ठक्करबाट भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने ३० वर्षीया शोभा धितालको मृत्यु भएको छ । शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा शोभाको श्रीमान ३६ वर्षीय सुरज  र ९ वर्षीय अर्पण घाइते भएका छन् । उनीहरुको मेडिकल कलेजमै उपचार भइरहेको छ । उनीहरुको अवस्था सुधार उन्मुख रहेको अस्पतालले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…