सवारी दुर्घटनामा ६ जनाको मृत्यु

           फाइल तस्बिर

काठमाडौं । मुलुकको विभिन्न स्थानमा भएको सवारी छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  भोजपुर, रौतहट, सप्तरी, बारा र नवलपुरमा भएको दुर्घटनामा ६ जनाले जीवन गुमाएका हुन् ।

भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ५ होम्ताङमा टेम्पु पल्टिँदा बालिकाको मृत्यु भएको छ । को २ ह ७६८६ नम्बरको टेम्पु अनियन्त्रित सडकबाट  ६० मिटर तल खस्दा हतुवागढी ५ का मिलन राईकी छोरी ८ वर्षीया छोरी गुराँसको मृत्यु भएको हो । दुर्घटनामा चालकसहित ४ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनामएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकामा बस र कार ठोक्किँदा युवकको मृत्यु भएको छ । ग १ ख ६१०७ नम्बरको बस र बीआर ०५ एबी ८०५५ नम्बरको कार आपसमा ठोक्किँदा  भारत पूर्वी चम्पारण रक्सौल बस्ने २५ वर्षीय सागर कुमारको मृत्यु भएको छ । कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा सवार २ जना घाइते भएका छन् । चपुर अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको खड्क नगरपालिकामा मोटरसाइकल आपसमा ठोकिँदा २ जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ८ बिसनपुर चौकमा बा ६८ प ६८८७ नम्बर र ज।६ प ६८५३ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको हो । दुर्घटनामा सुरुङगा नगरपालिका वडा नम्बर १ पिपरा बस्ने २७ वर्षीय अरबिन्द चौधरी र खड्क नगरपालिका वडा नम्बर ६ बिरपुर बस्ने २८ वर्षीय अनबारुल अनसारीको मृत्यु भएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका माटरसाइकलमा सवार २ जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ ।

बाराको बारागढी गाउँपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । गाउँपालिको वडा नम्बर ५ मा ना ३९ प २४४६ नम्बरको मोटरसाइकल अनियन्त्रित पल्टिएको हो । दुर्घटनाका मृतकको एक पुरुषको मृत्यु भएको तर उनको अहिलेसम्म पहिचान नभएको प्रहरीले जनाएको छ ।

नवलपुरको मध्यबिन्दु नगरपालिकामा बस र जिप ठोकिँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १६ स्थित सडकमा ना ७ ख ५८१५ नम्बरको बस र लु २ च ६०७० नम्बरको बोलेरो आपसमा ठोकिएको हो । दुर्घटनाका मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चुरे क्षेत्रका बासिन्दालाई हरेक बर्षको समयमा बाढि, पहिरो र भुक्षयको डरले निद्रा आउन छाडेको छ ।

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…