शेयर झिनो अंकले घट्यो

काठमाडौं । दशैंको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३९ बिन्दुले घटेर १ हजार १४९ दशमलव ०१ मा पुगेको छ ।  सेन्सेटिभ परिसूचकसमेत शून्य ०४ विन्दुले घटेर २५१ दशमलव ९३ पुगेको छ ।

नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल १ य २१ कम्पनीको २ लाख ३२ हजार ६ सय १९ कित्ता शेयर ६ करोड ३८ लाख ४५ हजार ४ सय ११ रुपैयाँमा किनबेच भएको छ ।

कारोबार भएका कूल ११ उपसमूहमध्ये ५ उपसमूहको शेयर ओरालो लागेको छ । ६ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १।४, विकास बैंक २ दशमलव ११, जलविद्युत् १ दशमलव १२, वित्त २ दशमलव ८९, निर्जीवन बीमा ७ दशमलव ४२ र सामूहिक लगानी कोष शुन्य ०१ बिन्दुले बढेका छन् ।

होटल १ दशमलव ५४, उत्पादन २ दशमलव ८५, अन्य ४ दशमलव ०६, लघुवित्त २ दशमलव ४२, जीवन बीमा ४५ दशमलव १३ ले घटेका छन् । कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । त्यो बैंकको २ करोड ५५ लाख ५ हजार ४ सय २६, सिदार्थ बैंक ३९ लाख ७५ हजार ६ सय ८२, महालक्ष्मी विकास बैंक ३५ लाख १५ हजार ४ सय ९१, नेपाल इन्भेस्टमेन्ट बैंक . ३४ लाख ५८ हजार, सनराइज बैंक १३ लाख १६ हजार ७ सय ९ र शिवम् सिमेन्ट १२ लाख ९३ हजार २ सय २५ रुपैयाँमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

गुडवील फाइनान्सका लगानीकर्ताले ७ दशमलव ६९ प्रतिशतले कमाउँदा नेपाल इन्स्योरेन्स कम्पनी ५ दशमलव २८, बोटलर्स नेपाल ३ दशमलव ९८, एनएमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३ दशमलव ८३ प्रतिशतले कमाए । नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३ दशमलव ६३, अपि पावर कम्पनी २ दशमलव ६०, रिलायन्स फाइनान्स २ दशमलव ६०, नागरिक लगानी कोष २ दशमलव ३६ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २ दशमलव ११ प्रतिशतले गुमाए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…