सी चिनफिङलाई राष्ट्रपति भण्डारीद्वारा विमानस्थलमै स्वागत

                     फाइल तस्बिर

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति  विद्यादेवीभण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्नुहुने भएको छ ।

राष्ट्रपति सी शनिबार नेपाल आउँदै हुनुहुन्छ । उहाँलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्नुहुने सरकारका प्रवक्ता एव संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भएको हो ।

‘चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको मैंत्रीपूर्ण निमन्त्रणामा हुनुहुन्छ’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘स्वागत धेरै बहसको विषय रहेन्, त्यो धेरै क्युरिसिटीको विषय पनि भएन ।’

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमण पूर्ण रुपमा सफल हुने बताउनु भयो । त्यसका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको .उहाँको भनाई छ । मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणलाई सफल बनाउन प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र विज्ञहरुसँग छलफल गरेको पनि बताउनु भयो ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणलाई पूर्ण रुपमा सफल बनाउने, ऐतिहासिक बनाउने विषयमा हामी पूर्ण रुपले सचेत छौं,’ उहाँले भन्नुभयो, ‘दुवै देशले त्यसलाई गम्भीरतापूर्वक लिएको छ ।’ चिनियाँ राष्ट्रपति सी दुई दिने भ्रमणको लागि नेपाल आउन लाग्नु भएको हो । उहाँ शनिबार आएर आइतबार फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…