विश्व बैंकद्वारा २ अर्ब ७१ करोड अनुदान

काठमाडौं । विश्व बैंकले नेपाललाई २ अर्ब ७१ करोड १३ लाख रुपैयाँ अनुदान दिने भएको छ । विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि अनुदान दिन लागेको हो । अनुदान रकम नेपाल सरकारले स्वीकार गरेको छ । मन्त्रिपरिषद्को यसै साताको बैंक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ । बैंठकले आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रिपरिषदले सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी बढुवा बढुवा गरेको छ ।बैठकले महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय समेत गरेको छ ।

सरकारले नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्तरगत संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…