महरा अस्पताल भर्ना, थुनछेक बहस मंगलबार

काठमाडौं । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुरु भएको छ।महरालाई बयानका लागि बिहीबार सरकारी वकिलको कार्यालय लगिएको थियो।

शुरुमा महानगरीय प्रहरी वृत्त बानेश्वरले घटनाको अनुसन्धान शुरु गरेको थियो। काठमाडौं परिसरले नै फाइल खिचेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । सरकारी वकिल कार्यालयको रोहवरमा बयान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताउनुभयो।

उच्च रक्तचापका बिरामी महरालाई स्वास्थ्य बिग्रिएपछि बिहीबार नर्भिक अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। महरालाई प्रहरीले आगामी मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई थप थुनामा राख्न अनुमति लिनेछ।

आइतबार अदालतमा दसैँको बिदा छ। सोमबार पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको मृत्युका कारण बिदा गरिएको छ।

यस्तो मुद्दामा बढीमा २५ दिनसम्म मात्र थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ। आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…