एकै मारमा राँगो छिनाउन नसक्दा…

म्याग्दी । एकै मारमा राँगो छिनाउन नसक्दा म्याग्दीको रघुगंगा गाउँपालिका–२ नाङनागेका रामप्रसाद खत्रीले २ लाख ८८ हजार रुपैयाँ गुमाउनु परेको छ।

दशैँको नवमीको दिन राखु भगवती कोत मन्दिरमा बली चढाइने सरकारी राँगो एकै मारमा छिनाउने दाबी गर्दै खत्रीले २ लाख ८८ हजार बाजी थापेका थिए। तर, लक्ष्य चुकेपछि खत्रीले रकम गुमाउनु परेको छ। नवमीमा बली दिइने राँगो मार हान्न कालरात्रिमै सर्वसाधारणले रकम कबोल्ने गर्छन्।

खत्रीबाहेक अन्य ८ प्रतिस्पर्धीले २ लाख ८५ हजार रुपैयाँसम्म कबोलेका थिए। उनले राँगो छिनाएको भए फेटा र पैसाको माला लगाई आफन्तले गाउँ परिक्रम गराउँथे। उनले कबोलकै बराबरको रकम पनि उठ्न सक्थ्यो।

कबोलेको रकम मन्दिर व्यवस्थापन समितिलाई बुझाएपछि मात्रै मार हान्न पाइन्छ। आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काको बाइलाइनमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…