चिनियाँ पर्यटकका लागि नेपाल पहिलाे गन्तव्य

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रियस्तरका पत्रपत्रिकाले शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बारेमा विभिन्न समाचारहरू प्रकाशित भएका छन् । सीको भ्रमणमा केकस्ता विषय उठान गर्ने भन्ने विषयमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री तथा कुटनीतिज्ञसँग प्रधानमन्त्री ओलीले गर्नुभएको छलफल, बलात्कार प्रयासमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादु महरा अस्पताल भर्ना, जनयुद्धकालिन ठूला हतियार फेला परेको, सीको भ्मणपछि रेल विस्तार लगायतका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

गोरखापत्र दैनिक– मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ् बहुप्रतिक्षित नेपाल भ्रमणलाई ऐतिहासिक उपलब्धी बनाउनु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । त्यस्तै चिनियाँ राष्ट्रपति सीको हिमाल वारीपारीको सम्बन्धलाई ऐतिहासिक उचाइमा पुर्याउनु पर्छ भन्ने लेखलाई प्राथामिकताका साथ पहिलो पृष्ठमा प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिक– चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका अवसरमा हुने विभिन्न विकास निर्माणका पूर्वाधारका विषयमा हुने सम्झौंता हुने भएको छ । त्यस्तै राष्ट्रपति सीले चिनियाँ पर्यटकको रोजाईमा नेपाललाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । ‘दक्षिण एसियामा चिनियाँ नागरिकको पहिलो गन्तव्य नेपाल हुनेछ ।’ सीले आफ्नाे लेखमा उल्लेख गर्नुभएको छ ।

अन्नपूर्ण पोष्ट दैनिक– अन्नपूर्ण पोष्टमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ऋणमा रेल नल्याउन सरकारलाई दिएको सुझाव प्राथमिकताका साथ छापेको छ । चिनियाँ राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणबारे बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा डाकेको परामर्श बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले ऋणमा रेल नल्याउन सुझाव दिनुभएको थियो ।

बडा दशैँकाे बिदाका कारण बन्द भएका राष्ट्रिय स्तरका दैनिक पत्रिकाहरू आजदेखि आंशिक रूपमा प्रकाशित भएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चुरे क्षेत्रका बासिन्दालाई हरेक बर्षको समयमा बाढि, पहिरो र भुक्षयको डरले निद्रा आउन छाडेको छ ।

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…