मेष–साताको शुरुमा यात्रामा खर्च हुनेछ । अनावश्यक खर्चले परिवारमा विवाद आउनेछ । सरसामान हराउन सक्ने एवं काममा व्यावधान देखिन्छ । साताको मध्यमा भने मित्रसँग भेटघाट एवं यात्राको योगबन्नेछ । परिवारसँगको खुशीयालीमा समय बित्नेछ । व्यक्तिगत काममा बाधा पुग्ने तथा सामाजिक काममा भने प्रतिष्ठा रहनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा प्रगति एवं धनसम्पत्तिको प्राप्ति हुनेछ । नयाँ कुटुम्ब जोडिने एवं सन्तानको सुखप्राप्त हुनेछ ।
वृष–व्यापार व्यवसायमा राम्रो प्रतिफल मिल्नेछ । काममा नयाँ योजनाबन्ने तथा अरुको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । कृषि तथाचौपायाबाट राम्रो आम्दानी हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवं पारीवारिक किचलो बढ्नेछ । स्वास्थ्यको लागि खर्चबढ्ने एवं सञ्चित धन कम हुनेछ । साताको अन्त्यमा भने प्रेममाप्रगति, वैवाहिक सुख मिल्ने तथा छोटो यात्राको सुख मिल्नेछ ।
मिथुन–राजनीतिक तहबाट अवसर मिल्नेछ । काममा प्रशंसा एवं नोकरी रोजगारीमा ठूलाबडाले साथ दिनेछन् । उच्च व्यक्तिसँग भेटघाट एवं वैदेशिक कारोबारबाट राम्रो आम्दानी हुनेछ । जल, कृषि एवं भूमिबाट व्यवसायमा राम्रो आम्दानी हुनेछ । साताको अन्त्यमा भने पुरानो मित्रता टुट्न सक्ने, गोपनीयता भंग हुन सक्ने एवं झूठाे आरोपको सामना गर्नुपर्ने देखिन्छ ।
कर्कट–भाग्यले राम्रै साथ दिनेछ । वैदेशिक सहायता मिल्ने, टाढाकाआफन्तबाट व्यवसायमा राम्रो सहयोग मिल्नेछ । पुराना काम बन्ने एवमंसामाजिक तथा धार्मिक कुरामा मन जाने एवम व्यक्तिगतकाममा भने बाधा आउनेछ । साताको मध्यमा भने राजनीतिक एवं सरकारी क्षेत्रबाट राम्रो प्रगति देखिन्छ । सरकारी जागिरको सम्भावनाएवम ठूलाबडाले साथ दिनेछन् । प्रतिभाको राम्रो कदर हुनेछ । व्यापार व्यवसायमा आम्दानी राम्रो हुने एवं धनको सहयोग मिल्नेछ। अकस्मात् लाभ हुनाले पुराना कामबाट चिन्ता हट्नेछ ।
सिंह–स्वास्थ्यले धोका दिनेछ । काममा अपजस मिल्ने तथा आफ्नोप्रतिष्ठा गिर्न सक्नेछ । आफन्तसँग मनमुटाव एवं घरायसी विवाद बढ्नेछ । साताको मध्यमा भने यात्राको योग बन्ने, वैदेशिक सहायतामिल्ने एवं शुरू गरेको काममा राम्रो प्रगति हुनेछ । धार्मिक कुरामा खर्च हुने एवं सामाजिक क्षेत्रमा लगाव बढ्नेछ । साताको अन्त्यमाभने गरेको काममा जस मिल्ने, ठूलाबडाबाट प्रशंसा मिल्ने एवं नयाँ ठाउँको भ्रमण हुनेछ ।
कन्या–पारीवारिक भेटघाटमा दिन बित्नेछ । नयाँ सम्बन्धको शुरुवात हुनेएवम प्रेम प्रसंगले प्रगति पाउनेछ । व्यावसायिक यात्रा हुने एवं साझेदारी लगानीमा राम्रो प्रतिफल आउनेछ । साताको मध्यमा भनेकामा अडचन, स्वास्थ्यमा समस्या एवं नजिकबाट धोका हुन सक्नेछ । साताको अन्त्यमा भने काममा सुधार हुने एवं विदेशबाट फाइदा हुने एवं इष्टमित्रबाट आर्थिक कारोबारमा सहायता मिल्नेछ।
तुला–प्रतिस्पर्धामा दिन बित्नेछ । खेलकुद एवं घरबाहिरको काममा मनजानेछ । सामुहिक काममा खर्च हुने एवं सञ्चित धन घट्नेछ ।स्वास्थ्यमा भने समस्या देखिने एवं मुद्दा मामिलाको चक्कर पर्नसक्नेछ । प्रेममा भने प्रगति एवं वैवाहिक सुख मिल्नेछ । नयाँ मित्रसँग भेटघाट एवं सवारी सुखको योग बन्नेछ । साताको अन्त्यमा भने काममा बाधा आउने, यात्रामा समस्या हुने तथा अनावश्यक विवाद हुनेछ ।
वृश्चिक–अध्ययन, अध्यापनमा रुचि जानेछ । कला, संगीत एवं सिर्जनात्मककाममा प्रगति हुनेछ । सन्तानको सहयोग मिल्नाले घरायसी काममा प्रगति हुनेछ । प्रतिस्पर्धामा जित हुने एवं पुरानो स्वास्थ्य समस्यामाराहत मिल्नेछ । मुद्दामामिलामा सम्झौता हुने तथा स्थान परिवर्तनको योग रहनेछ । मातृपक्षको स्वास्थ्यमा समस्या एवं चिसोले समस्यादिनेछ ।
धनु–पारीवारिक द्वन्द बढ्नेछ । घरायसी कुरा नमिल्नाले मानसिक चिन्ताबढ्नेछ । व्यक्तिगत काममा बाधा आउने एवं मित्रबाट असहयोग हुनेछ । साताको मध्यमा भने अध्ययनमा दिन बित्ने एवं व्यक्तिगतकाममा प्रगति हुनेछ । रोजगारीको अवसर मिल्ने तथा आम्दानीको श्रोत बढ्नेछ । व्यापारमा राम्रो प्रगति एवं जग्गा जमिनबाट धनलाभ हुनेछ । साताको अन्त्यमा भने वादविवाद पर्न सक्ने, यात्रामाखर्च बढ्ने एवं मित्रतामा चिसोपना आउनेछ ।
मकर–छोटो यात्रा गर्नुपर्नेछ । जिम्मेवारी थपिने एवं दाजुभाइबाट राम्रोसहयोग मिल्नेछ । नयाँ कामको योजना बन्ने एवम वैदेशिक कामबाट लाभ मिल्नेछ । टाढाका मित्रबाट राम्रो सहयोग हुनेछ ।घरायसी विवाद बढ्ने तथा आफन्तबाट काममा बाधा आउनेछ । चिसोको समस्या एवं रुघाखोकीले दुःख दिनेछ । महिलावसँग् दुश्मनी एवं प्रेममा आँच आउनेछ । साताको अन्त्यमा भने धनको कारोबार बढ्ने, भोगविलासमा मन जाने एवं साथीभाइसँगको रमाइलोमा समय व्यतित हुनेछ ।
कुम्भ–बोलीबचनको प्रभावले काममा प्रगति हुनेछ । कुटुम्बबाट सहयोगएवम धनसम्पत्तिको योग बन्नेछ । वैवाहिक कुरा चल्ने एवम नयाँ कुटुम्बसँग सम्बन्ध बन्नेछ । साताको मध्यमा भने शारिरीक थकानहुने, सामान्य चोटपटक लाग्न सक्ने एवं जिम्मेवारी थपिनाले छोटोयात्राको योग बन्नेछ । प्रेममा भने धोका मिल्न सक्ने एवम साताकोअन्त्यमा काम अधुरो बन्नेछ ।
मीन–साताको सुरुमा काममा अलमल हुनेछ । साथीभाइसँगको भेटघाटमाअनावश्यक खर्च बढ्नेछ । नयाँ मित्रसँग भने भेटघाट एवं खानपिनमा खर्च हुनेछ । साताको मध्यमा भने लगानीमा राम्रो प्रतिफल आउने, बोलीको प्रभावले प्रतिष्ठा बढ्ने एवं धनको सुखमिल्नेछ । नयाँ वस्त्र एवं घरायसी सामानमा खर्च हुनेछ ।आफन्तसँग भोज भतेर एवं सेमिनार गोष्ठीमा सहभागी भइनेछ । साताको अन्त्यमा भने अकस्मात यात्रा गर्नुपर्ने एवं कामको बोझ थपिनेछ । दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध राम्रो हुनेछ ।वैदेशिक काममा प्रगति एवं टाढाबाट राम्रो खबर मिल्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटासम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी