बस दुर्घटनामा ११ को मृत्यु, मृतकको पहिचान खुल्यो (अपडेट)

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस शुक्रबार बिहान सडकबाट २०० मिटर तल खस्दा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतक ११ मध्ये ५ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा काभ्रेका केदारनाथ महाजु, इन्द्रवती गाउँपालिका–९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल, सोही ठाउँका रितेश आचार्य र काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी छन्।  अन्य पाँच जनाको भने सनाखत भएको छैन।

दुर्घटनाका घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। बसमा ६० भन्दाबढी यात्रु थिए ।

याे पनि पढ्नुहाेस् :

बस दुर्घटनामा ७ को मृत्यु, ५० बढी घाइते (अपडेट)

बस दुर्घटनाका घाइतेको यसरी गरिँदैछ उद्दार (४ तस्बिर)

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ । वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।…

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…