काभ्रेमा पनि बस दुर्घटना ३ जनाको मृत्यु

फाइल तस्बिर
काभ्रे । छिमेकी जिल्ला सिन्धुपाल्चोकमा बस दुर्घटना भएको केही घण्टामै शुक्रबार काभ्रेमा पनि बस दुर्घटना भएको छ । बनेपाबाट सासकोटतर्फ गइरहेको बा ३ ख ३५९५ को बस दुर्घटना भएको हो ।
दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । २ जनाको घटनास्थलर्मै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा १६ यात्रु सवार थिए ।