सीको स्वागतसँगै सिकौँ केही

पछिल्लो ३० वर्षमा चीनले गरेको लोभलाग्दो विकास र भारतले मारेको फड्कोमा हामी यिनै चीन र भारतले दिएको उद्योग रुग्ण बनाइरहेका थियौँ । उनीहरुकै अनुदानमा बनेका सडकहरु मर्मत गर्न सकिरहेका थिएनौँ र अस्थिर राजनीतिमा हिंसायुक्त वातावरण नर्सरी मात्र गरिरहेका थिएनौँ, अझै पनि विष्णु भगवानको अवतार नै हो हाम्रो मुक्तिदाता भन्दै भित्रभित्रै क्रिश्चियन मिसनलाई पशुपतिमा घडेरी पनि दिइरहेका थियौँ । लोडसेडिङ बढाइरहेका थियौँ, युवाशक्तिलाई ९७ प्रतिशत अदक्ष कामदार करार गरेर विदेश घोक्र्याइरहेका थियौँ ।

सन २०११ मै हामी चीनको बेइजिङ पुग्दा एकजना प्रोफेसरले भनेका थिए, ‘सन १९८० मा मैले विवाह गर्दा ८ सय डलरमा अमेरिकाबाट रंगीन टिभी मगाएर मलाई ससुरालीले दिएका थिए, आज हामी अमेरिकालाई ८० डलरमा रंगीन टिभी निर्यात गरिरहेका छौँ ।’ चिनियाँ कम्युनिष्ट पार्टीले यो ३८ वर्षमा मारेको फड्कोको पछिल्लो मोडल अर्थात् सि चिन फिङको कार्यकालको उपलब्धी थियो, ‘कम्युनबाट कम्युनिटीको उन्नयन । अर्थात् प्रतिमिनेट ७ गरिबलाई धनी बनाउने ।’ समृद्धिको चिनियाँ खाका यही थियो कि, श्रम, उत्पादन, अवसर र बजारमा स्पर्धासँगै गरिबी उन्मूलन । त्यही खाकाले पछिल्लो तीन दशकमा चीनका ८५ करोड जनताको जीवनस्तर उकासिएको छ । आज चीन विश्वमा यस्तो एउटा ध्रुव भएको छ कि, उसको प्रसंगविना बाँकी कुनै पनि ‘अर्थ राजनीतिक मामला’को मसला ‘गरम’ हुनै सक्दैन ।

चीनले भूमिलाई राज्य मातहतमा ल्यायो । उद्योगहरु राष्ट्रियकरण ग¥यो । शिक्षालय, यातायात, मेडिकल शिक्षा सबै आफ्नो कब्जामा लियो । मिडियासमेत सरकारमातहत छ । नोट बदल्यो । मुलुक परिवर्तनमा हामीले कहीँ कतै यी काम गर्न सकिरहेका छैनौँ

चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) यस्तो एउटा मार्ग हो, जसले संसारका ३३.५ करोड जनतालाई जोड्छ । यही रोडबाट नेपालले लाभ लिन सक्नुपर्छ । जसले उत्तरको चीनदेखि पश्चिमको युरोपसम्म जल, स्थलमार्गमा पनि आफ्नो बजार विस्तारको अवसर पाउन सक्छ । कम्युनिष्ट सरकार फरक ढंगले हिँड्न खोज्दैछ । २०६३–६४ को आन्दोलनपछि मुलुकमा कम्युनिष्ट शक्ति उदाएको एक दशक नाघ्दा र हरेक दशकमा परिवर्तनको आँधिबेहरीमै रुमल्लिइरहेको नेपाली समाजको दशालाई पनि पनि चिरेर सरकार अघि बढ्न नसक्दा जनतामा असन्तुष्टिको आगो जागेकै हो । तर तत्काल लाभको मोहमा आस्था नै बदल्ने समाजलाई स्थायी सरकारले जनमुखी कार्यक्रम दिन नसक्दा र दिएको कार्यक्रमको प्रचार र व्याख्या हुन नसक्दा अनि दुईतिहाइको सरकार र सरकार सञ्चालक नेपाल कम्युनिष्ट पार्टी आन्तरिक किचलोमा हराउँदा जनतामा सामाजिक सञ्जालहरुले द्वेष, विद्रोह, विरोध, आवेग, आक्रोश, अविवेकीपनको मट्टितेल झोसेपछि जनताको आगो दन्कने नै भयो ।

चीनमा सामाजिक सञ्जालमा बन्देज छ । एउटै सञ्जालमा सारा जनतालाई सुविधा दिइएको छ । फेसबुक, युट्युब मात्र बन्द होइन, राति जिमेलमै पनि अनुगमन छ । त्यतिमात्र होइन, हाम्रोजस्तो पश्चिमा र भारतीय च्यानलसमेत निषेध छ । राष्ट्रियताका चलचित्रहरु मात्र देखाइन्छन् । माओ नेतृत्वका लडाइँका फिल्महरु देखाइन्छन् । टेलिभिजन, रेडियो, चलचित्र उद्योग र कलाकारिता सरकारी छ । हामीकहाँ सामाजिक सञ्जालमा देखिएको पुस्तालाई चलचित्र ‘बलिदान’समेत हामीले देखाउन सकेका छैनौँ, के हो व्यवस्था परिवर्तनको त्यो युग भनेर ?

चीनले भूमिलाई राज्य मातहतमा ल्यायो । उद्योगहरु राष्ट्रियकरण ग¥यो । शिक्षालय, यातायात, मेडिकल शिक्षा सबै आफ्नो कब्जामा लियो । मिडियासमेत सरकारमातहत छ । नोट बदल्यो । मुलुक परिवर्तनमा हामीले कहीँ कतै यी काम गर्न सकिरहेका छैनौँ । बदलिएको जम्मा एकथान राष्ट्रिय गान हो । पाँच विकास क्षेत्रलाई सात प्रदेश बनाएका हौँ, जु्न आवश्यक नभएको महसुस हुँदैछ । स्थानीय र केन्द्र सरकार भए पुग्छ भन्ने कम्युनिष्ट मत बढ्दैछ । कतै कम्युनिष्ट सरकारले फेरि पनि कुनै प्रगति गरिहाल्छ कि भन्ने भय सबैमा छ । जस्तो अहिले सबै नेपालीलाई खाता खोल भनिएको छ । पैसा बैंकमा राख भनेको छ । यसको आसय नोट बदल्ने सरकारको चाहना हो भन्ने देखिन्छ । तर यही सरकारका अर्थमन्त्रीले भर्खरै भारत भ्रमणमा नेपालीको भारु नोट साटिदिन पुकारा ग¥यो । आफ्नै देशका जनता (तस्कर र दला सही) तिनको नोट ‘माटो’ पार्न मोदी सरकारले अघिल्लो कार्यकालमा गरेको प्रहारमा भारतीय जनताले सहेर त्यही सरकारलाई बहुमत दिए भने नेपालका केही व्यापारीको भारु नोट भारतको चासो कसरी हुन सक्छ, सरकार हो या विभागीय मन्त्रीले यसमा ‘नेपाली हैसियत’ माटो नै बनाए भन्ने कोही भेटिएनन् तत्काल । निजीक्षेत्रको सहयोगविना सरकार चल्नै नसक्ने एउटा प्रमाण पनि हो । किनभने १५ खर्ब बजेट भएको देशमा २० खर्ब त शिक्षामा लगानी छ निजीक्षेत्रको । सरकारी सबै उद्योग धरासायी छन् । यातायातमा सिण्डिकेट छ । यातायात व्यवसायमा सरकार छिर्नै सकेको छैन । यस्तो अवस्थामा सबै एकतिर र सरकार एकतिर हुँदा सामाजिक सञ्जालसमेत सरकारविरुद्ध प्रयोग भइरहेकामा पक्कै राज्य कमजोर पार्न चाहने शक्तिहरुलाई मलजल हुनेमा शंका रहेन ।

सामाजिक सञ्जालमा देखिएका एकाध व्यक्तिहरु कसरी राजनीतिक दल भन्दा प्रिय भएर चुनावसमेत जित्नसक्ने हैसियत बनाइरहेका छन् । अनि २०१७ सालदेखि सन २०१७ सम्ममा केशरजंग रायमाझीदेखि डा. बाबुराम भट्टराईहरुले किन कम्युनिष्ट पार्टी छाडेर वैकल्पिक शक्ति या राजभक्तिमा लम्पसार हुनु पर्यो ?

यतिमात्र होइन, नेपालभन्दा ६७ गुणा ठूलो देशमा सरकारले सबै पक्ष आफ्नो नियन्त्रणमा राख्न सक्दा हामीले पछिल्लो ३ दशकमा किन साख गुमाउँदै गयौँ । राज्य भन्दा निजीक्षेत्र बलियो पारेर राजनीति टिकाउने राष्ट्रघातले आज देशका ठूला पार्टीहरुको हालत के छ ? जनताको गरिबी भन्दा दरिद्र मनोचिन्तनले राजनीतिक दलहरु रसातलमा पुग्नै लागेका छन् । सामाजिक सञ्जालमा देखिएका एकाध व्यक्तिहरु कसरी राजनीतिक दल भन्दा प्रिय भएर चुनावसमेत जित्नसक्ने हैसियत बनाइरहेका छन् । अनि २०१७ सालदेखि सन २०१७ सम्ममा केशरजंग रायमाझीदेखि डा. बाबुराम भट्टराईहरुले किन कम्युनिष्ट पार्टी छाडेर वैकल्पिक शक्ति या राजभक्तिमा लम्पसार हुनु पर्यो ? झापा आन्दोलनका एकाघरका दाजुभाइहरु किन एउटै कम्युनिष्ट पार्टीमा अटाउन सकेनन् ? त्यही झापा आन्दोलनका सहकर्मीहरु जो पर्व मान्नुहुँदैन, कम्युनिष्टको अन्तर्राष्ट्रिय जाति हुन्छ हुन्छ भनेर पढाउनेहरु आज किन ‘फर्मर किङ’कहाँ मावली गएझैँ दशैँको टीका थाप्न गइरहेका छन् ? कम्युनिष्ट पार्टीको अध्यारो पाटो के हो ?

र, बिट मार्ने बेलामा, यो पनि भनौँ कि, २०५१ मा जम्मा वृद्धभत्ताले एमालेको आलोकमा पुलकित अनुहारहरु अनि ‘आफ्नो गाउँ आफैँ बनाउँ’ एउटै कार्यक्रमले झांगिएको पार्टी र तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सदाचारी आचरण २०६५ को पुष्पकमल दाहाल सरकारमा कति दोहोरियो ? यो ‘हरक’ले काम गरेन भनेर २०७२ मा बनेको केपी शर्मा ओली सरकारमा कति ‘सुवासिलो’ भयो ? र, यी दुवै नेतृत्वको नेकपा सरकारले २०७५ यता गरेको उन्नयनमा कति ‘मनमोहन अधिकारीपन’ देखायो ? एउटा सदाचारसम्बन्धी लोकोक्ति साभार गरेँ ः एउटा सानो बालकले ढोका ढक्ढक्यायो । गृहिणी बाहिर निस्किन् सोधिन्, के भयो ? बालकले भन्यो, म तपाईंको आँगन, बगैँचा सफा पार्छु, मलाई खाना दिन सक्नुहुन्छ ? गृहिणी मानिनन् । बालकले अनुनय गर्यो । गृहिणीले खाना दिइन् तर बालकले पहिला बगैँचा सफा ग¥यो । र, खाना लियो तर खाएन र पोका पारेर बिदा माग्यो । गृहिणीले सोधिन्, किन नखाएको ? आमा बिरामी हुनुहुन्छ, औषधि खाने बेला भयो । गृहिणी पुलकित हुँदै सोधिन्, अनि ? बालकले भन्यो, औषधि त सरकारी अस्पतालमा पाइन्छ, खाना पाइन्न । डाक्टरले भनेका छन्, औषधि खानुअघि खाना खानु, आमालाई खाना दिनु पर्छ । गृहिणी बालकसँगै बिरामीकहाँ पुगिन् भनिन् र भनिन्, ‘तिमीले सन्तानलाई संस्कार सिकायौ, मैले सकिनँ ।’

आज सामाजिक सञ्जाल, इन्टरनेटको गेमले संसारलाई चुनौती दिइरहेका बेला हामीले विकसित गरेको राजनीतिक मूल्य, मान्यताले कस्तो संस्कारको प्रतिनिधित्व गर्छ । माओले स्थापित गरेको मान्यतामै तेङ स्याओ पिङले आर्थिक क्रान्ति गरे । त्यहीँ टेकेर सि चिन फिङले संसारमै दोस्रो शक्ति बनाए, आज चीन संयुक्त राष्ट्रसंघ, एसियाली विकास बैंक र कयौँ पश्चिमा धर्मप्रचारक संस्था भन्दा बढी संसारलाई अनुदान दिने देश भएको छ । र पनि संस्कार माओकै छ । नीतिमा नेतृत्व परिस्कृत भएको हो । हामीकहाँ नीति कहाँ छ, नेतृत्व कहाँ छ ? सिको स्वागत सबैले गरौँ । घोषणा पत्रमा भनिए झैँ वर्षमा पाँच लाख गरिबलाई लालपुर्जा र भूमि व्यवस्था गरौँ । समृद्धिको यो बाटोमा कम्युनिष्ट पार्टीको नेतृत्वमा मदन भण्डारीको विचार मात्र होइन, सरकारले ‘मनमोहन अधिकारी’ हरक पनि दिन सकोस् अर्थात् अब आस्था बदल्ने राजनीति होइन, जनताको जीवन बदल्ने राजनीति चाहिएको छ नेपालीलाई ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।