आमामाथि छोरीकाे शव : किन फर्कियो तालिम प्राप्त कुकुर ?

सुखिलाल चौधरी 
उदयपुर । त्रियुगा नगरपालिका –९ राजाबासमा शुक्रबार राति आमा र छोरीको हत्या भएको छ । आमा २८ वर्षीया शारदाकुमारी चौधरी (गोमा) र छोरी ९ वर्षीया रचनाकुमारी चौधरीको घाटी रेटी हत्या भएको हो ।

धरानबाट हत्याको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइएपनि हत्यारा पत्ता लगाउन नसकेर फर्किएको छ ।

धरानबाट अनुन्धानका लागि ल्याइएको लैला नामक तालिम प्राप्त कुकुर र सई डा.दयाराम श्रेष्ठको टोलीले अनुसन्धान थालेपनि हत्यारा पत्ता नलगाइ फर्किएको हाे ।

कुकुर घटनास्थलबाट राजबास, सरस्वती खोला हुँदै मदन भण्डारी राजमार्गस्थित शाही खोलाको पुलसम्म पुगेर फर्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले बताउनुभयो । उहाँका अनुसार घटनामा आशंका गरिएको व्यक्तिसँग सोधबुझ गर्ने काम भइरहेको छ ।

घटनालाई विभिन्न चरणमा अनुसन्धान गरिरहेकोले हत्यारा चाँडै पत्ता लाग्ने एसपी बुढामगरको दाबी छ । उहाँका अनुसार घटना प्रकृति हेर्दा पहिले आमाको हत्या भएको हुन सक्ने र त्यसपछि छोरीको हत्या भएको हुन सक्ने अनुमान छ ।

आफ्नै घरको भराङ्गमुनी आमाको शवमाथि छोरीको शव घोप्टाे पारेर राखिएकाे अवस्थामा भेटिएको थियो । खेतको बीचमा रहेको घरमा चौधरी आमाछोरीमात्रै बस्दै आएका थिए । शारदाका पति सीताराम रोजगारमा सिलसिलामा २ वर्षअघि मलेसियामा रहेका छन् । जेठी छोरी मामा घर बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ । वृष– यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् । मिथुन– राजनीतिमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…