सी चिनफिङको भ्रमण र दक्षिणपन्थी छट्पटी

नेपाल र मित्रराष्ट्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ काठमाडौं आइपुग्नु भएको छ । यो कूटनीतिक सफलताका लागि नेपाल सरकारको समग्र टीम, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र विशेषतः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित सबैलाई हार्दिक बधाई छ ।

आशा गरौं– महाशक्ति राष्ट्रका शक्तिशाली नेता तथा राष्ट्रपतिको भ्रमणलाई पूर्ण सफल बनाउने गरी नेपाल सरकारको तयारी होला नै । नेपाली जनतालाई पूर्ण विश्वास छ– यस भ्रमणले नेपाल–चीन मित्रतामा नयाँ आयाम थप्नेछ । नेपालले चीनबाट के दान वा बक्सिस पाउने छ भनेर नेपाली जनताले आशामुखी नजरले हेरेका छैनन्, बरु घरमा आउने अतिथिलाई कसरी बढीभन्दाबढी सम्मान गर्ने र राम्रो पाहुर दिएर पठाउने भन्ने चिन्ता छ सकल नेपालीलाई ।

अतिथिलाई दिल खोलेर स्वागत गर्नु नेपाली मौलिक परम्परा नै हो । माटोको भित्तो भएको घरमा बस्ने गरिबले पनि आफ्नोमा अतिथि आउने निधो भएपछि घर लिपपोत गर्दछ, आँगनको झारपात सफा गर्दछ । हामीले पनि त्यही गरेका छौं । एयरपोर्टदेखि सोल्टी होटलसम्मको सडक बढारेका छौं, पुछपाछ पारेका छौं । रातारात यति गर्न सक्ने नेपालीले अघिपछि पनि यस्तै द्रुत गतिमा किन काम गर्दैनन् ? भन्ने प्रश्न आमरुपमा उठेको छ । यसबारे पछि छलफल गर्ने हो, अहिले हैन ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ भ्रमणको विरोध गर्ने मामिलामा केही नाम चलेका पत्रकार, राजनीतिमा कुदेका केही प्रायोजित सिकारुहरु अगाडि आएका छन् । यिनीहरुको यस श्यालहुईंयाको भित्री आशय हो– ‘आंग्ल–अमेरिकी जालोबाट बाहिर निस्केर स्वतन्त्र नबन है नेपाली 

जस्तो औकात छ, त्यही हैसियतमा स्वागत गर्ने हो– माझीले ससुराल जाँदा माछाको सिल कोसेली लगेजस्तै वा हाम्रो पुरानो कथा अनुसार आफ्ना गोचाली कृष्णलाई भेट्न जाँदा सुदामाले कनिकाको कुटुरो लगेजस्तै । धार्मिक अर्थ नलगाइयोस्, प्रतिकात्मकरुपमा भन्नुपर्दा धनका गरिब (तर मनका धनी) नेपाली सुदामाको घरमा मन र धन दुबैले धनी कृष्ण सी चिनफिङ आउनुभएकाे छ ।  यस्तो बेलामा समग्र राष्ट्र खुसीले पुलकित छ, खुशी छ तर विडम्बना केही दक्षिणपन्थी असामान्य हिसाबले बर्बराइरहेका छन् । राम अयोध्यामै रहनु ।कैकेयीलाई चित्त नबुझेजस्तै अनेक बहानामा अप्रत्यक्षरुपले भए पनि यो ऐतिहासिक भ्रमणको विरोध गर्ने मामिलामा केही नाम चलेका पत्रकार, राजनीतिमा कुदेका केही प्रायोजित सिकारुहरु अगाडि आएका छन् । दक्षिणपन्थीहरूको छट्पटीको विश्लेषण आवश्यक छ । चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाको संयुक्त सहकार्यमा केही दिन अघि सैद्धान्तिक विमर्शको लागि एक सेमिनारको आयोजना भएको थियो । त्यसलाई लिएर देशी–विदेशी दक्षिणपन्थीहरुले निक्कै कोकोहोलो मच्चाए, आलोचना र आपत्ति प्रकट गरे । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले हरेक आर्थिक वर्षको बजेट निर्माणका बेला प्रत्यक्ष हस्तक्षेप गर्दछन् । यो कुरा नेपाली छापा र विद्युतीय सञ्चार माध्यममा चर्चाको विषय नै बन्दैन । सं.रा. अमेरिका र युरोपियन युनियनद्वारा पालित पोषित नानाथरी आइ.एन.जिओ छन्, जसले दैनिक रुपमा समाजवादको खेदो खन्ने र पूँजीवादको स्तुति गाउने गर्दछन् । त्यसलाई यी दक्षिणपन्थीहरु पूँजीवादी हस्तक्षेप मान्दैनन् किनभने ती काम यिनका बाउ–आमाले गरेका छन् ।

अहिलेको विश्व भनेको लेनिनको भाषामा सर्वहारा वर्ग र साम्राज्यवादविरुद्ध संघर्षको युग हो । यस संसारमा पूँजीवादी साम्राज्यवादले आफ्नो विचारको खेती गर्दछ, हतियार र अर्थ–राजनीतिक प्रभावका बलमा गरिब देशमाथि प्रत्यक्ष/परोक्ष प्रभाव, पकड र वर्चस्व कायम गर्दछ । समाजवादी खेमा अहिले रक्षात्मक अवस्थामा रहेका कारण विश्वस्तरमा सरकारी तहमै पुगेर हस्तक्षेप गर्ने अवस्था बनेकै छैन । भविष्यमा समाजवादी खेमा धेरै बलियो भएछ भने पनि सच्चा समाजवादीले अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन । यही तथ्यलाई बुझेर चीनले कुनै पनि देशको सरकारलाई ‘यो गर, त्यो नगर ’ भन्दैभन्दैन । यो कुरा ह्वाइट हाउस, वेस्ट मिनिस्टर, वर्सिली दरबार, राइखस्ट्याग लगायतका पूँजीवादी केन्द्रका सबै नेता र नीति निर्मातालाई थाहा छ तर पनि उनीहरु चीनको हौवा फिँजाउन पछाडि पर्दैनन् । उनीहरुको बोलीमा लोली मिलाउँदै नेपाली दक्षिणपन्थीहरु छटपटिँदै भनिरहेछन्– ‘खबरदार, चीनसँग अनुदान लिने भए लेउ, ऋणचाहिँ नलेउ है, चिनियाँ ऋणको जालोमा परिएला !’

चिनियाँ धेरै व्यावसायी छन् । आफूलाई फाइदा नहुने काममा उनीहरु हातै हाल्दैनन् । उनीहरुलाई “यस काममा तपाईंलाई पनि फाइदा छ है” भनेर विश्वास दिलाउन सकियो भने जति पनि ढुकुटी खन्याउन तयार हुन्छन् । तर आजसम्म चीनले कुनै देशलाई ऋणग्रस्त बनाएको वा ऋण दिएवापत आफ्ना अर्थ–राजनीतिक शर्त लादेको भन्ने सुनिएको पनि छैन । आफ्नो व्यापारिक– व्यावसायिक हित हेर्नु हरेक देशका लागि स्वभाविक हो । चीनले पनि आफ्नो व्यावसायिक हित हेर्छ तर त्यसवापत राजनीतिक पासो थाप्ने वा सम्बन्धित देशमा शुक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट)मा हात हालेर हैरान पार्ने काम आजसम्म कुनै देशमा गरेको छैन । ऋण तिर्न नसक्नेको सम्पत्ति लिलाम गरेको पनि छैन ।

बरु जो–जसले ऋण तिर्न सक्दैनन् भन्ने देखिन्छ, त्यहाँ ऋणलाई अनुदानमा बदलिदिने गरेको छ । यी कुरा पश्चिमा हण्डीमा पालिनेहरुलाई राम्रैसँग थाहा छ तर पनि उनीहरु आफूले डकारेको डलर पचाउन भनिरहेछन्– चीनसँग ऋण नलेउ है, फँसिएला ! यिनीहरुको यस श्यालहुईंयाको भित्री आशय हो– ‘आंग्ल–अमेरिकी जालोबाट बाहिर निस्केर स्वतन्त्र नबन है नेपाली !’ हाम्रा धर्मशास्त्रमा धनका देवतालाई कुबेर भनिन्छ र उनी बस्ने ठाउँ उत्तर दिशालाई मानिन्छ । चीन हाम्रो उत्तरतिर पर्दछ र हाम्रा धर्मशास्त्रले कल्पना समेत नगरेको हिसाबले धनी छ, निरन्तर धनी बनिरहेको छ ।

कुबेरको चरित्रका बारेमा महाभारतमा यौटा उपकथा छ । पाण्डवहरु कतै यात्रामा जाँदा बाटोमा हिलो भएको दलदली ठाउँ परेछ । त्यस ठाउँबाट रथ पार लगाउनु पर्ने थियो, अर्को वैकल्पिक बाटो थिएन । छिटो जानु पर्ने थियो, माटोले पुरेर दलदली जमिनमा रथ हिँडाल्ने लायक बनाउने समय पनि थिएन । त्यस्तो अवस्थामा युधिष्ठिरले भाइ भीमलाई अह्राएछन्– ‘महाबलशाली भ्राता भीम, उ त्यहाँ पारिपट्टि कुबेरको घर छ । त्यहाँ गएर कुबेर महाराजलाई भेट, मैले भनेको भन्नु र एकसय मुरी तोरी लिएर आउनु । यो हिलोमा तोरी खन्याएपछि रथ सजिलै गुड्क्याएर लैजान सकिने छ ।’ कथा अनुसार भीम कुबेरको दरबारमा पुगे । दरबारको आँगनमा एकजना बृद्ध मानिस पानीमा औंला चोप्दै भुईंमा पोखिएको तोरीमा औंला टाँस्दै कचौरामा राख्दै गरिरहेका रहेछन् । भीमले द्वारपालबाट थाहा पाए– एक–एक दाना तोरी टिप्ने मानिस नै कुबेर हुन भनेर । भीमलाई बडो दिक्क लाग्यो । उनी केही नभनी फर्किए । रित्तै आएको देखेर युधिष्ठिरले कारण सोधे । भीमले भने, ‘जेष्ठ भ्राताश्री, त्यस्तो एक–एक दाना तोरी टिप्नेसग पनि कहिँ सयमुरी तोरी होला त ? मैले त सोध्न पनि आवश्यक ठानिन र रित्तै फर्किएँ ।’ युधिष्ठिरले भनेछन्, ‘एक–एक दानाको जतन गर्नेसँग नै धन हुन्छ । जसले जतन गर्दछ, लक्ष्मी उसैसँग बस्दछिन् । फर्केर जाउ । तिमीले मेरो नाम लिएर माग मात्रै, एकसय त के हजारौं मुरी तोरी पाउने छौ ।’ कथा अनुसार भीमले कुबेरबाट एकसय मुरी तोरी लिएर आए र काम फत्ते भयो ।

भारतीय मिडिया चीनविरुद्ध सधैंजसो खनिन्थे । तर अहिले त्यही भारतले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने अवस्था आयो । यो संसार उत्पादक शक्तिको विकासबाट चल्छ । जसले उत्पादनमा जित्यो, उसँग मित्रता नगरी कसैलाई धरै छैन 

यहाँ चर्चा गरिएको कथाको सार हो– चिनियाँहरुले सानो दुःखले अहिलेको समृद्धि प्राप्त गरेका हैनन् । उनीहरु एक–एक पाइको हिसाब राख्दछन् तर आवश्यकता पर्दाका बखत कथाका कुबेरले जस्तै दिल खोल्न पनि जानेका छन् । यो संसारमा ऋण नलिइकन कुनै देशले प्रगति गरेको छैन । स्वयम् चीनले अरुलाई सहयोग गरेको छ भने आफूले पनि विश्व बैंकबाट बेलाबेलामा ऋण लिने गरेको छ । व्यावसाय गरीखानेलाई थाहा हुन्छ, उद्योग–व्यवसाय जति–जति विस्तार गर्यो, उति–उति आवधिक ऋणको आवश्यकता पर्दछ । अहिले चीनले ऋण दिनेगरी कुनै सम्झौता गर्छ या गर्दैन, केही घण्टापछि थाहा । तर यदि पाइन्छ भने खर्बौं डलर वा युवान ऋण लिए हुन्छ ।
कमाएर तिरिनेछ ।

आफ्नो कूल ग्रहास्थ उत्पादनको अनुपातमा ९३ प्रतिशतसम्म चीनबाट ऋण लिने देश छन् । तिनले कमाएर ऋण तिरेका छन् र आजसम्म कोही पनि चिनियाँ ऋणको जालो (डेब्ट ट्रयाप)मा परेका छैनन् । यदि हामीले राष्ट्रिय स्वाभिमान जोगाउने हो भने अनुदानको भिखारी बन्नुभन्दा ऋण लिने र सहकार्य गर्नेतिर ध्यान दिनु उपयुक्त हुनेछ । हो, हामी सस्तो ब्याजदर र सजिलो किस्ताका लागि अनुरोध गर्न सक्छौं । अब मित्रले नै अनुदानको प्रस्ताव गर्दछन् भने नकार्न पर्दैन । हाम्रो प्राचीन साहित्यमा मित्रबारे यस्तो भनिएको छ– ‘ मित्र त्यो हो जसले तिम्रो आतिथ्य खान्छ, खुवाउँछ । खान र खुवाउन दुबै कुरामा तयार हुन्छ । सहयोग गर्छ र सहयोग लिन हिच्किचाउँदैन । मन–पेट दिन्छ र मन–पेट लिन्छ ।’ अहिले चिनियाँ राष्ट्रपति महामहि सी चिनफिङको भ्रमणलाई लिएर चिन्ता गर्ने दक्षिणपन्थीलाई एक पटक भारत र चीनको उदाहरण हेर्न सुझाव छ । केही वर्ष अघिमात्र प्रायजसो हरेक भारतीय चलचित्रमा चीनलाई शत्रूको रुपमा चित्रित गरिन्थ्यो । भारतीय मिडिया चीनविरुद्ध सधैंजसो खनिन्थे । तर अहिले त्यही भारतले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने अवस्था आयो । यो संसार उत्पादक शक्तिको विकासबाट चल्छ । जसले उत्पादनमा जित्यो, उसँग मित्रता नगरी कसैलाई धरै छैन ।

हाम्रो महान छिमेकी मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङ र उहाँसँग आउने प्रतिनिधिमण्डलका सबै सदस्यलाई हार्दिक स्वागत छ । दक्षिणपन्थी मित्रहरु, तपाईंहरु पनि कञ्जुस्यायईं नगर्नुस् है स्वागत गर्ने मामिलामा ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।