दशैंकै दिन पत्नी र छोरीको हत्या गरी आत्महत्या

काठमाडौं । नेपालीहरुले धुमधामका साथ दशैैं मनाइरहेका बेला सुनसरीका एक पुरुषले पत्नी र छोरीको हत्या गरी आत्महत्या गरेका छन् । असोज २१ गते मंगलबार अर्थात् विजयादशमीका दिन इटहरी उपमहानगरपालिका–१७ का ४५ वर्षीय राकेश शर्माले झुन्डिएर आत्महत्या गरेका हुन् ।

पत्नी पुनमको शव टिनको बाकसभित्र र ६ वर्षीय छोरीको स्वस्तिकाको शव बोरामा बेरेर खाटमुनि राखिएको अवस्थामा फेला परेको हो ।

‘दिउँसो १ बजेतिर प्रहरीलाई सूचना आएको हो । हामीलाई सूचना हुनभन्दा केही समयअघि मात्र पुरुषले आत्महत्या गरेका हुन्’ प्रहरी निरीक्षक जितेश दाहालले भने, ‘आत्महत्या गरेका राकेशले पत्नी र छोरीको हत्या बिहानै वा राति नै गरेको हुनुपर्छ । यसबारे अनुसन्धान भइरहेको छ ।’ नागरिक दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…