नेकपा कैलाली अध्यक्षको परस्त्रीसँग संवाद : फेरि कस्तो माया खाेज्याै ?

काठमाडौं ।

मैले सबै काम गरिसक्या हुँ यो महिला ,पैसावाल हो यसको स–परिवार अष्ट्रेलियामा बस्छन् । कहिले काहीँ नेपाल आउँछे अथाह पैसा छ । मैले पट्याएको छु ।

भन डार्लिङ : किन फोन काटेको ? छोरा आएको थियो बोलाउन त्यसैले फोन काटेको के । घर नजिकैको होटलमा अलिअलि खाँदैछु । बुढी कता छन् ? बुढी घरमै छिन् ।

यो टेलिफोन संवादको अंश हो । संवाद अनुसार कुरा गर्ने पुरुषको छोरा र श्रीमतीसमेत भएको स्पष्ट छ ।

यो संवाद कुनै अल्लारे केटाकेटीबीचको होइन, कैलाली नेकपाका अध्यक्ष रतन थापा र उनकै भनाइ अनुसारकी प्रेमिकाको हो ।थापा सुदूरपश्चिम प्रदेशसभाका सदस्य हुन् ।

दुई श्रीमती र पाँच सन्तानका पिता थापाको टेलिफोन संवाद यत्तिकैमा रोकिँदैन उनकी प्रेमिका भनिएकी महिला भन्छिन रक्सी खाएको बेला मात्रै याद गर्ने माया व्यवहारमा देखाउनु पर्यो ।

संवादको केही अंश

थापा : मेरो जीवनमा तिमी बाहेक अरु कोही छैन । तिमीसँग हुनुपर्ने सबै भइसकेको छ अब फेरि कस्तो माया गर्ने ?

महिला : माया भनेको त्यत्ति मात्रै हो र ? म हजुरले बोलाएको बेला सँधै आउछु हजुर आउनु हुन्न

थापा : हजुर जस्तो जहाजमा आइरहने पैसा मसँग कहाँ छ र ? ‘ल ल हजुर जैले भनिबक्सिन्छ म आउँछु ।

महिला : म भोलि नै आउनु भन्छु हजुरलाई

थापा : हुन्छ ल ल टिकट पाए भोलि नै आउँछु । म साथीसँग छु । सबै चिज गरिसकेको छु अब कस्तो माया चाहियो ?

दुई जनाबीचको यतिसंवाद भएपछि अरुको अघि आफ्नो पोल खोलेकोले रिसाएर होला महिलाले फोन काट्छिन् ।

थापा मदिरा सेवन पाटनरसित भन्छन्– महिलाहरु आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउँछन् । यो महिला अर्बपति छ, नेवार समुदायकी हो निक्कै राम्री पनि छ ।  यिनीहरुको अष्ट्रेलियातिर समेत कारोबार छ । श्रीमान छैन एक छोरी छ । मैले नेपालगञ्ज आउ भन्ने बित्तिकै काठमाडौंबाट जहाजको टिकट काटेर आइहाल्छ थापाले साथीलाई सुनाउँछन् ।

फोनमा बारबार ती महिलाले माया नगरेको गुनासो गर्छिन् । सांसद थापाले उनलाई जवाफ दिँदै भन्छन् मैले कम माया गरेको छु र ? महिलाले आफ्नो पैसा व्याजमा लगाउन सहयोग नगरेको गुनासो समेत गरेकी छन् । केही महिना अघिको थापा र उनकी प्रेमिकाको यो अडियो बाहिरिएको छ ।

अडियाे सुन्नुहाेस् :

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ । वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।…

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…