सांसद थापाकी श्रीमती भन्छिन्- केटा मान्छे साँझ पिएको बेला बोलिहाल्छन्

एल वी विश्वकर्मा
कैलाली । लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टिका थापाले केटा मान्छेले मदिरा पिएर सामान्य गलत बोल्दैमा तिलको पहाड बनाउन नहुने बताएकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलालीका अध्यक्ष एवं निर्वाचन क्षेत्र–२ (क) बाट प्रदेशसभा सदस्यसमेत रहेका उपप्रमुख थापाका श्रीमान रतन थापाले अनुशासन गुमाएर अश्लील बोल्दै महिलालाई फोनमा दिइएको धम्कीपूर्ण अडियो सार्वजनिक भएपछि यसबारेमा बुझ्न खोज्दा उपप्रमुख थापाले भनिन्– यो सामान्य कुरा हो । पाँच वर्ष पहिलेको अडियोलाई अहिले तिलको पहाड बनाउन खोजिएको मात्र हो ।

उनले थपिन्–यसलाई धेरै बढाई चढाई गर्न आवश्यक छैन् । मैले सुनेकी छु, यसको भिडियो पनि बाहिर आएको छ रे । पहिले हामीले केही मान्छेलाई दिइएको पैसा असुल गर्न यसो गर्नुभएको होला ।

नगरपालिकाको न्यायापालिका प्रमुखसमेत रहेकी थापाले यसरी गैरजिम्मेवार ढंगले प्रतिक्रिया दिँदा यसमा उनकोसमेत समर्थन रहेको देखिन्छ ।

याे पनि पढ्नुहाेस्ः

नेकपा कैलाली अध्यक्षको परस्त्रीसँग संवाद : हुनुपर्ने सबै भइसकेको छ, अब फेरि कस्तो माया ?

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…