फोटो खिच्ने क्रममा बेपत्ता महिलाको शव तुरतुरे तालमा भेटियो

बागलुङ । फोटो खिच्ने क्रममा खोलामा बेपत्ता  भएकी महिलाको शव आइतबार भेटिएको छ ।

तमानखोला गाउँपालिका–४ लाम्मेला घर भएर हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी श्रीपाली बडिगाड खोलामा खसेर बेपत्ता भएको एक सातापछि तुरतुरे तालमा शव भेटिएको हो ।

बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि झण्डै ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर श्रीपाली गत आइतबार बेपत्ता भएकी थिइन् ।

आइतबार घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा श्रीपाली चिप्लिएर खोलामा खसेको र एक हप्तापछि बडिगाड खोलाकै तुरतुरे तालमा शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।

अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दशैँ मनाउन भनेर घर जाँदै गर्दा उनीहरु शनिबार बुर्तिबाङ बजारमा बसेका थिए ।

 शव पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ । वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।…

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…