राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको प्रसाद ग्रहण

नारायण थापा
भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरस्थित नवदुर्गा भवानीको पूजा तथा नवदुर्गा नाच अवलोकन गर्नु भएको छ ।

दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा राष्ट्रप्रमुखले भवानीको पूजा तथा नवदुर्गा नाच अवलोकन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।

राष्ट्रपति भण्डारीलाई तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको प्रसाद प्रदान गर्नुभयो । पूजा पश्चात राष्ट्रपतिलाई नवदुर्गा गणहरुले नवदुर्गा नाच प्रदर्शन गरेका थिए ।राष्ट्रपति भण्डारीले देवगणलाई दक्षिणा दिनुको साथै नवदुर्गा नाच संचालनका लागि नवदुर्गा गणलाई १५ लाख रुपैयाँ प्रदान गर्नुभएको छ ।

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा प्रतिनिधि सभा सांसद महेश बस्नेत, प्रदेश सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् ।

काठमाडौं । चीनमा एक खानीमा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार माध्यमका अनुसार विष्फोटमा परी नौजना…

प्रदेशसभा सदस्य विनोद खड्काले खैँजडी बजाएर नाच्दै तालिमको शुभारम्भ गरेका थिए ।

चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ ।