सीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई डेढ करोड भत्ता !

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिनको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् ।

विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामति कर्मचरीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो ।

सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करिब १६ हजार जनशक्ति तैनाथ गरिएको थियो । प्रहरीमात्रै ८ हजार ५ सय जनाभन्दा बढी खटिएका थिए । सरकारले १६ हजार जनशक्तिका लागि खाजा खर्च उपलब्ध गराए करिब डेढ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ ।

विशेष सुरक्षा कार्ययोजना र कार्यक्रम व्यवस्थापनअन्तर्गत तैनाथ कर्मचारी र सुरक्षाकर्मीलाई भत्ता दिने प्रस्ताव गरी अर्थ मन्त्रालयललाई पत्र पठाइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । कान्तिपुर दैनिकले खबर छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।

पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ ।

हरीले मंगलबार राति काठमाडौंका विभिन्न स्थानमा छापा मार्ने क्रममा नगदसहित जुवाडे पक्राउ गरेको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…