प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिली प्रस्थान गर्नुभएको छ । इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन खनाल चिली प्रस्थान गर्नुभएको हो ।

चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुखको भेटमा विश्वको अपराध र सुरक्षा निकायले चाल्नुपर्ने कदमसम्बन्धी १९ बुँदामा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानिरीक्षक खनाल चिली प्रस्थान गरेसँगै प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी समाल्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…