तास खालबाट कांग्रेसकाे क्षेत्रीय सभापतिसहित ८ पक्राउ

सुखिलाल चौधरी
उदयपुर । नेपाली कांग्रेस क्षेत्रीय सभापतिसहित८ जना तासको खालबाट पक्राउ परेका छन् । उनीहरुलाई सदरमुकाम गाईघाट स्थित एनआईसी बैंक रहेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेतको घरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस क्षेत्रिय सभापति समेत रहेका त्रियुगा नगरपालिका–११ का बसन्त बस्नेत, सुमन्त कोईराला, दुर्गा श्रेष्ठ, किरण पाण्डे रहेका छन् ।
त्यसैगरि त्रियुगा नगरपालिका–१० बोक्सेका भबिन्द्र खत्री, त्रियुगा नगरपालिका–११ का यलराम भन्ने लुमुनिराम कार्की, बालकृष्ण कार्की र राजु राउत रहेका छन् ।

पक्राउ परेका मध्ये सभापति बस्नेत गत स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकाका लागि नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार हुन् भने कोईराला त्रियुगा वडा नम्बर– ११ का लागि नेपाली कांग्रेसकै तर्फबाट वडा अध्यक्षको उम्मेद्वार हुन् । पक्राउ परेका लुमुनिराम कार्की एनआईसी बैक गाईघाट शाखाका प्रमुख हुन् ।

उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख (एसपी) बिरबहादुर बुढामगरले बताए । एसपी बुढामगरका अनुसार पक्राउ पर्नेहरुको साथबाट १ लाख ८० हजार ७ सय २० रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।