सांसद साहद्वारा विमानस्थल तोडफोड

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । सांसद साहले जहाजको उडान ढिलो भएको भन्दै विमानस्थलमा बुद्ध एयरको काउण्टर तोडफोड गरेका हुन् ।

सांसद साहले बिरामीको विषयलाई विमानस्थल तोडफोड गरेका हुन् । स्रोतका अनुसार बुद्ध एयरको जहाज काठमाडौंबाट बिहान ११ : ४० मा जनकपुर आउने र तत्कालै काठमाडौं फर्कने उडान सूची थियो । मृगौलाका बिरामी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का ६५ वर्षीय सौखीलाल चौधरी उपचारको लागि काठमाडौ जाने तयारी गदै विमानस्थल आएका थिए ।

निर्धारित समयको डेढ घण्टा बित्दा जहाज नआएपछि ती बिरामी छट्पट्टिए । बिरामी छट्ट्टिएको देखेपछि सांसद साहले आक्रोसित हुँदै बुद्ध एयरको काउन्टर तोड्फोड गरेका हुन् ।

बिरामी छट्पट्टिएपछि सांसद साहले उडान छिटो गर्न सम्बन्धित निकायमा फोन समेत गरे । तर त्यसको सुनुवाई भएन । सांसद साहले त्यसपछि आक्रोसित हुँदै बुद्ध एयरको काउन्टर फुटाएका हुन् । सांसद साहले विमानस्थलमा कर्मचारीको लापरवाहीका कारण बेला बखत त्यस्तो घटना हुने गरेको बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् ।

काठमाडौं । चीनमा एक खानीमा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार माध्यमका अनुसार विष्फोटमा परी नौजना…

प्रदेशसभा सदस्य विनोद खड्काले खैँजडी बजाएर नाच्दै तालिमको शुभारम्भ गरेका थिए ।

चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ ।