एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

काठमाडौं । गैह् आवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । उपाध्यक्ष आचार्यले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी संघको आगामी कार्यकालका लागि अध्यक्षमा आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

उहाँले संघलाई सम्पूर्ण गैह् आवासीय नेपालीहरुको साझा बनाई सबैलाई अपनत्व महशुस गर्ने संघ बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारीसंगै १० बुँदे प्राथमिकताका विषय पनि सार्वजनिक गर्नुभएको छ ।

उहाँले झन्झटमुक्त गैह् आवासीय नेपाली नागरिकता, लगानीको प्रत्याभूति, मर्यादित तथा सुरक्षित वैदेशिक रोजगार, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने, ब्रेन ड्रेनबाट ब्रेन गर्ने, संस्थागत सुधार मा भिजन २०२० एण्ड वियोड अवधारणालाई कार्यान्वयन तहमा लैजाने, सडक सुरक्षा, पर्यटन लगायत विषयलाई प्राथमिकताका साथ अघि सार्नुभएको छ ।

उहाँले संसदमा विचाराधिन गैरआवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पूर्ण गैह आवासीय नेपाली समुदायको चाहना अनुसार पारित गराउन ठोस पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसअघि, कुमार पन्तले पनि संघको आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।मंगलबार देखि शुरु हुने गैह् आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलनले आगामी कार्याकालका लागि संघको नयाँ नेतृत्व चयन गर्दैछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…