नेम्वाङदेखि सापकोटासम्मको दौड, को बन्ला सभामुख ?

काठमाडौं । सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुख बनाउने गृहकार्य शुरु भएको छ । कृष्णबहादुर महराले यौन दुर्व्यवहार आरोपको कारण पदबाट राजीनामा दिएपछि नयाँ सभामुख बनाउने आन्तरिक गृहकार्य शुरु भएको हो । नयाँ सभामुखका लागि नेकपाभित्र औपचारिक रुपमै छलफल शुरु भइसकेको छ ।

प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच सभामुखका लागि सोमबार छलफल भएको छ । छलफलमा प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालले सभामुख पूर्व माओवादी पक्षका नेताबाटै बनाउन उपयुक्त हुने प्रस्ताव राख्नुभएको स्रोतले जनाएको छ ।

नेकपाभित्र सभामुख बन्नकालागि नेताहरु बीच हानथाप भइरहेको छ । पूर्वसभामुख सुवास नेम्वाङ फेरि पदमा बस्ने लालाइत हुनुभएको छ । यसैगरी, पार्टीका प्रमुख सचेतक देव गुरुङले पनि सभामुखको दाबी गर्नुभएको स्रोतले जनाएको छ । सभामुखमा पूर्वसभामुख ओनसरी घर्ति र अग्नि सापकोटाको समेत चर्चा हुन थालेको छ ।

नेम्वाङ फेरि सभामुख बन्न प्रधानमन्त्री ओली कहाँ धाइरहनुभएको स्रोतले जनाएको छ । उता सभामुख ओनरसी घर्तिलाई बनाउनुपर्ने प्रस्ताव र दबाव नेकपा पार्टी अध्यक्ष दाहाललाई परेको स्रोतको भनाइ छ ।

सभामुखको लागि दौडधुप गरिरहेका पूर्व माओवादी केन्द्र पक्षधरका तीन नेता अध्यक्ष दाहाल निकट मानिन्छन् । यही कारण अध्यक्ष दाहाललाई आकांक्षी मध्ये कसलाई बनाउने भन्ने अप्ठ्यारो भएको छ ।

यही अप्ठ्यारोकारण नेम्वाङ नै फेरि सभामुख बन्न सक्ने सम्भावना बढेको छ । नेम्वाङ यसअघि दुई पटक सभामुख भइसक्नुभएको छ । संविधान निर्माणको क्रममा समेत उहाँ सभामुख हुनुहन्थ्यो । संविधान जारी हुनुहुनुमा उहाँको उल्लेखनीय भूमिका छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।