महरा र रोशनीको फेरेन्सिक जाँच, यस्ताे छ रिपाेर्ट ?

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकी आरोप लागेकी रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।

त्रिवि शिक्ष्ण अस्पताल महाराजगंजमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिरी मानिसको संलग्नता देअिएको उच्च स्रोतले जानकारी दियो ।प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर परीक्षण गराइएको थियो ।

स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संलग्नताका लागि गरिएको रोशनीको ‘फेरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ ।

त्यस्तै रोशनीमाथि बलात्कार प्रयास आरोपमा निवर्तमान सभामुख महरा १असोज १९ गते बालुवाटारस्थित निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेकै दिन राति उनको पनि त्रिवि अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको थियो । महराको पनि फेरेन्सिक जाँच गरिएको थियो । उनको स्वास्थ्य परीक्षण प्रतिवेदन आइनसकेको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् ।

काठमाडौं । चीनमा एक खानीमा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार माध्यमका अनुसार विष्फोटमा परी नौजना…

प्रदेशसभा सदस्य विनोद खड्काले खैँजडी बजाएर नाच्दै तालिमको शुभारम्भ गरेका थिए ।

चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ ।