मन्त्रिमण्डल हेरफेर हुँदै, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गनुएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लाग्नुभएको हो । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गर्नुभयो । ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोले बतायो ।

शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी ओलीको छ । ओलीले सोमबारै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो । कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्री लालबाबु पाण्डित, बिना मगर, थममाया थापा, मात्रिका यादव, चक्रपाणि खनाल, युवराज खतिवडा, रघुबीर महासेठ र शक्ति बस्ननेतलाई हटाउने प्रस्ताव राख्नुभएको छ ।

ओलीको प्रस्तावमा प्रचण्डले मन्त्री हेरफेर गर्ने विषयमा थप छलफल गनुपर्ने बताउनुभएको बालुवाटार स्रोतले जानकारी दियो ।

ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग जानुभन्दा अघि नै मन्त्रिमण्डल पुनर्गठन  गर्ने तयारी रहेको स्रोतले बतायो ।

याे पढ्नुहाेस् :

मन्त्रिमण्डल हेरफेर : यी हुन् सम्भावित मन्त्री

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ । वृष– यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् । मिथुन– राजनीतिमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…