महरालाई अदालत लगियो

काठमाडौं । सभामुखबाट बहिर्गमित कृष्णबहादुर महरालाई मंगलबार अदालतमा लगिएको छ । संसद सचिवालयकी कर्मचारी बलात्कार प्रयास आरोपमा पक्राउ परेका महरालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

महरालाई कर्मचारी बलात्कार प्रयास आरोपमा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो । संसदकी कर्मचारीले बलात्कार प्रयास गरेको किटानी जाहेरी दिएपछि महरालाई दशैँ बिदाको बेला पनि अदालतको अनुमतिमा पक्राउ गरिएको हो ।

पक्राउ गरेलगत्तै महराको त्रिवि शिक्ष्ण अस्पतालमा फेरेन्सिक जाँज गरिएको छ तर जाँचको प्रतिवेदन भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गर्भवती महिलालाई समयमा स्वास्थ्य केन्द्र लैजानका लागि सवारी साधनको अभाव भएपछि उनीहरुको ज्यान गएको शाखाको भनाइ छ ।