खोलाको ड्रेनमा मोटरसाइकलसहित शव फेला

अनिल यादव
नवलपरासी । पश्चिम नवलपरासीको धोबहा खोलामा बनाइएको डे«नमा एक पुरुषको शव फेला परेको छ । प्रतापपुर गाँउपालिका–६ स्थित सूर्यपुरादेखि रतनगंज जाने बाटोमा धोबहा खोलाको डे«नमा शव फेला परेको हो ।

शव देखेपछि स्थानीयले मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए ।

भारतीय नम्बर प्लेट यूपि ५७ जेड ६१५२ नम्बर भएको हिरोहोन्डा मोटरसाइकलसहित शव फेला परेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमल्लले बताउनुभयो । प्रहरीले घटनास्थलको अनुसन्धान शुरु गरेको छ ।

खोलामा बनाइको पुल तथा बाटोको सय मिटर दक्षिणमा मोटरसाइकल र उतरमा शव फेला परेकाले घटना शंकास्पद रहेका प्रहरीको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

६/६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नुपरेको उपसचिव दाहलको भनाइ छ ।

ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका –४ की ६० वर्षीया कृष्णादेवी परियार र ५९ वर्षीया यगी थापा रहेका छन् ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

चन्द्रा धामीको समयमै अस्पताल पुर्याउन सकिएको भए ज्यान बच्ने स्वास्थ्यकर्मीको भनाइ थियो ।

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।