ट्रयाक्टरमा सवार मजदुरको ट्रकले किचेर मृत्यु

  फाइल तस्बिर

हेटौंडा । सिमरा उपमहानगरपालिकामा ट्रयाक्टरमा सवार मजदुरको ट्रकले किचेर मजदुरको मृत्यु भएको छ । उपमहानगरपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नजिक एक्साभेटर लोड भएको ट्रकले ट्रयाक्टरमा सवार मजदुरलाई किचेको हो ।

हेटौंडाबाट अमलेखगन्जतर्फ जाँदै गरेको ना ४ ख ९०५२ नम्बरको ब्लक लिएर त्यही दिशातर्फ जाँदै गरेको ना ४ त ८४९३ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिँदा त्यसमा सवार मजदुर किचिएको प्रहरीले जनाएको छ । ट्रकले किच्दा धादिङका ३५ वर्षीय अर्जुन ढुंगानाको मृत्यु भएको हो ।

ट्रकले ठक्कर दिएपछि ट्रयाक्टर अनियन्त्रित भइ ना ७ ख ६०६१ नम्बरको बसमा ठोक्किन पुगेको थियो । ट्रयाक्टर बससँग ठोक्किएपछि ढुंगाना उछिट्टिएर सडकमा खसेका थिए । सडकमा बजारिएका ढुंगानालाई ट्रकले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र ट्रयाक्टरका चालक पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…