होस्टेलमा बसेका विद्यार्थी घर जान खोज्दा शिक्षकले फलामको पाइपले हानेपछि…

विद्यानन्द राम
सप्तरी ।
राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् । शिव इन्टरनेशनल बोडिङका शिक्षक चन्दन झाले कक्षा ६ मा अध्ययरत १३ वर्षीय सुमितकुमार भगतलाई सख्त घाइते हुने गरी कुटेका हुन् ।

होस्टेलमा बस्दै आएका सुमितले घर जान खोज्दा शिक्षक झाले फलामे पाइपले कुटपिट गरेका हुन् । शिक्षकको कुटाइबाट घाइते सुमितलाई गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारपछि मंगलबार घर ल्याइएको छ । सुमितको हात, खुट्टा, हात, पिठ्यु र ढाडमा निलडाम छ ।

सुमितका अभिभावकले सामान्य विषयमा विद्यार्थीलाई निर्धात कुटपिट गरेको शिक्षकलाई कारबाही माग गरेका छन् । सुमितका अभिभावकले झाविरुद्ध प्रहरीमा उजुरी समेत दिएका छन् । विद्यालयका प्रधानाध्यापक नरेशप्रताप साहले घटना दुखद भएको भन्दै दोषी शिक्षकमाथि कारबाही हुने बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

विद्यालयमा गोली चलाउनुका कारण भने अझै थाहा हुन सकेको छैन ।

ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

नेता नेपालले घरदैलोका क्रममा देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

नेपाल बसाइको क्रममा उहाँले भक्तपुर दरबार स्क्वायर, पोखराको फेवाताल, बेगनाशताल लगायतका पर्यटकिय स्थलहरुको भ्रमण गर्नुभयो ।

मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।