सिंहदरबारमा ‘कामचोर’ कर्मचारी : २१५ जना कारबाहीमा

काठमाडौं । सरकारको केन्द्रिय सचिवालयमा मंगलबार छड्के गर्दा २१५ जना कर्मचारी कारवाहीमा परेका छन्। मंगलबार राष्ट्रिय सर्तकता केन्द्रले गरेको छड्केमा सिंहदबारमा बिदा स्वीकृत नगरी ६६ जना कर्मचारी अनुपस्थित भएको देखियो।

दसैं बिदा सकिएपछि पनि सिंहदरबार सुनसान छ। दसैंको बिदा बिहीबारबाट सकिएको थियो। तर, यहाँ कार्यरत धेरै कर्मचारी कार्यालय फर्किएका छैनन्।

सिंहदरबारभित्र रहेका ९ मन्त्रालयको अनुगमन गर्दा अनुपस्थित भएका र समय पालना नगरेका १२५ जना कर्मचारी कारबाहीमा परेका छन्। कारबाहीमा पर्ने दुई सहसचिवसमेत रहेको सर्तकता केन्द्रका शाखा अधिकृत नारायण दाहालले जानकारी दिनुभयो।

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका ४९ जना कर्मचारी कारवाहीमा परेका छन्। अनुपस्थित÷समय पालना नगरेका २९ र विदा स्वीकृत नगराइ अनुपश्चित २० पाइएको छ। जसमा २ उपसचिव, ८ शाखा अधिकृत, १२ जना राजपत्र अंकित तथा ७ जना श्रेणी विहिन कर्मचारी छड्केमा परेका छन्।

त्यस्तै उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका १७ जना कर्मचारी अनुपस्थित÷समय पालना नगरेका भेटिएको छ भने ३ जना बिदा स्वीकृत नगराई अनुपस्थित र १ जनाले तोकिएको पोशाक नलगाएको पाइयो। जसमा शाखा अधिकृत ३, राजपत्र अनकिंत ५ र ९ जना श्रेणी विहिन गरी २१ जना कारबाहीमा परे।

सर्तकता केन्द्रका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका १० जना अनुपस्थितसमय पालना नगरेको पाइयो। जसमा उपसचिव २, शाखा अधिकृत ३ र राजपत्र अनकिंत ५ जना अनुगमनमा परेका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका २८ जना छड्केमा परे। अनुपस्थित÷समय पालना नगरेका ६ जना, बिदा स्वीकृत नगराई अनुपस्थित १९ जना, तोकिएको पोशाक नलगाउने ३ जना अनुगमनमा परेका छन्।, अन्नपूर्ण पाेस्ट् दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- ईश्वरमा भक्तिभाव बढ्नेछ, धार्मिक व्यस्तता रहनेछ । वृष- स्वास्थ्य प्रतिकुल हुनेछ, काममा बाधा आउनेछ । मिथुन- प्रियजन सित मिलाप…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

मदन खाती/ ऋषि खतिवडा/ सन्तोष गिरी काठमाडौं । केही दशर्कयता महिला राेजगारीका लागि विदेशिने क्रम बढेको छ। रोजगारीको शिलशिलामा महिला…

कैलाली । गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई अनिवार्य रुपमा नमस्कार गर्नुपर्ने भएको छ । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध राम्रो गराउन नगरपालिकाले…

काठमाडौं । फागुन ९ गते शुक्रबार मुलुकभर सार्वजनि बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको…

यसकारण एमसिसि आवश्यक छ । विश्वका गरिब देशमध्ये नेपाल पनि एक हो । कूल जनसंख्याको आधा भन्दा बढी जनसंख्या दैनिक…