राष्ट्रपति भण्डारी आज म्यानमार जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । म्यानमारका समकक्षी विन माइन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणमा जान लाग्नु भएको हो ।

भ्रमणमा उहाँले राष्ट्रपति विन र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे छलफल गर्नु हुनेछ । राष्ट्रपति भण्डारीले नेपाली मुलका म्यानमारका नागरिकहरुसँग समेत पायन यु लायनमा भेट्ने कार्यक्रम छ ।

राष्ट्रपतिले यंगुनको ऐतिहासिक स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली पनि सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।

शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।