नेकपाको संगठन विभागमा अष्ट र भानुभक्त थपिए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रनिधिसभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कात्तिक १० गते भित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरि ३ जनाको नाम सिफारिस गरि कात्तिक १० गते भित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको हो ।

निर्वाचन क्षेत्रिय कमिटी नबनेको स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेशसभाको सदस्यको हकमा पनि त्यही कुरा लागु गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय नगरपालिका वा गाउपालिकाहरुको मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्षको उम्मेदवारका लागि भने सम्बन्धित गाउ वा नगरकमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो । वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउ नगरकमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने गरि बैठकले निर्णय गरेको छ । उपनिर्वाचन मंसिर ६ गते हुँदैछ ।

त्यसैगरी बैठकले संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरेको छ । यसअघि नै संगठन विभाग प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मालाई सचिवालयले चयन गरिसकेको छ । पछिल्ला सदस्य सहित संगठन विभाग ५ सदस्यीय भएको छ । यद्यपि संगठन विभागले पूर्णता भने अझै पाएको छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् ।

काठमाडौं । चीनमा एक खानीमा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार माध्यमका अनुसार विष्फोटमा परी नौजना…

प्रदेशसभा सदस्य विनोद खड्काले खैँजडी बजाएर नाच्दै तालिमको शुभारम्भ गरेका थिए ।

चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ ।