इलामबाट दैनिक २० हजार लिटर दूध निर्यात

भगीरथ भण्डारी
इलाम । सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्घि गरेपनि दूधमा आत्मनिर्भर भनिएको इलामबाट दैनिक २० हजार लिटर मात्र दूध जिल्ला बाहिर जाने गरेको छ । इलामका आठ वटा दुग्ध चिस्यान केन्द्रबाट दैनिक २० हजार लिटर दूध संकलन भई जिल्ला बाहिर पठाउने गरिएको छ ।

दुग्ध चिस्यान केन्द्रले सिजनमा ३५ हजार लिटरसम्म संकलन गर्ने गरेपनि अहिले २० हजार लिटर मात्र संकलन गरिरहेको छ । इलाम पर्यटकीय जिल्ला भएकाले पनि धेरै जसो दूध स्थानीय स्तरका डेरी र दूधका ललिपप, पनिर, कुराउनी, चिज, घ्यू, छुर्पि जस्ता परिकार बनाउन खपत हुने हुँदा धेरै दूध संकलन हुन नसकेको हो । दुग्ध विकास सस्था (डिडिसि) ले इलामको कुटिडाँडा, तिनघर, फिककल, लक्ष्मिपुर,

विव्ल्याटे, शान्तिडाँडा, पुवाखोला र देउराली चिस्यान केन्द्रमार्फत दुग्ध संकलन गरेर विराटनगर लैजाने गरेको दुग्द चिस्यान केन्द्र बिब्ल्याटे इलामका देवनारायण महतो बताउनुहुन्छ ।

महतोका अनुसार संकलन भएर विराटनगर पुगेको दूधमध्ये दश हजार लिटर दूध स्थानीय बजारमा खपत हुने गरेको छ भने बाँकी दूध पाउडर बनाउन प्रयोग हुने गर्दछ । नेपाली दूधको छुर्पी तेस्रो मुलुकमा राम्ररी बिक्री हुन थालेपछि डिडिसिलाई दूध पाउन निकै समस्या परेको थियो । तर तेस्रो मुलुकमा डकच्युको रुपमा जाने छुर्पीको माग घटेपछि अहिले निजी उद्योगहरुले पनि डिडिसिलाई नै दूध बिक्री गर्ने गरेको कृषकको भनाइ छ ।

इलाममा वार्षिक एकलाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । इलाममा उत्पादन भएको दूध मध्ये धेरै डिडिसिमा बिक्री हुने गरेको छ भने केही प्रतिशत दूध मात्र स्थानीय स्तरमा दूधका परिकारमा खपत हुने गर्दछ । इलामका ग्रामीण भेगमा उत्पादन भएको मध्ये दुग्ध विकास सस्था (डिडिसि)मा मात्र वार्षिक ३० करोड ६६ लाखको दुग्ध पदार्थ बिक्री हुने गरेको सरकारी विवरणमा उल्लेख छ ।

इलाममा १ सय २५ वटा गाई फार्म र सहकारीमा आवद्ध किसानले दूध उत्पादन गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…