सुनको मूल्य घट्यो

काठमाडौं । निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य केही घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला सय घटेर ७० हजार ६ सय कायम भएको हो ।

सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा सात सय रुपैयाँ वृद्धि भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला सय घटेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार तीन सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।

चाँदी प्रतितोला दश रुपैयाँ घटेर तोलाको ८ सय ५० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ । वृष– यात्रामा समस्या आउनेछ । अधुरा काम रहनेछन् । मिथुन– राजनीतिमा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

काठमाडौं । अनुहार गोरो पार्न घस्ने गरिएको ‘फेयर एण्ड लब्ली’मा हानिकारक वस्तु भेटिएको छ । फेयर एण्ड लब्ली’मा हानिकारक रसायन…

सप्तरी । प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरी ले शहीद चोकबाट १९…

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले…