सांसद गुरुङ भन्छन्– एसएसपीले नै अपराध गरे (अडियोसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीं (नेकपा) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

रेडियो जनताको कार्यक्रम समयसम्वादमा सांसद गुरुङले भन्नुभयो, ‘२०७४ को स्थानीय निर्वाचनताका प्रचारका क्रममा जिल्लाको जुँगुमा भदौ २६ गते तत्कालिन नेकपा एमालेतर्फका वडा सदस्यका उम्मेदवारका छोरा कुलबहादुर तामाङको हत्या भएपछि घटनामा संलग्न ४० जना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दायर गरिएको थियो । पछि त्यो मुद्दाका एक जना अभियुक्तमध्ये जुँगु गाउँका विरध्वज खड्कालाई पीडित परिवारका मान्छेहरुले राजधानीको गौशालामा देखे। उनिहरुले खड्कालाई सामन्य कुटपिट समेत गरेर गौशाला प्रहरीलाई बुझाए । तर त्यतीखेर चुनावकै सिलसिलामा दाङमा रहेपनि खड्काले पीडित परिवारका केही सदस्यसहित मेरो नाममा समेत ज्यान उद्योग सम्बन्धि मुद्दा गौशाला प्रहरी बृत्तमादर्ता गराएछन् ।’

सांसद गुरुङ भन्नुहुन्छ्, स्थानीय तहको निर्वाचनको क्रममा दोलखाको हाम्रो गौरीशंकर गाउँपालिकामा दुखद घटना भयो । पार्टीका होनहार युवा कुलबहादुर तामाङको अनाहकमा ज्यान गयो । तत्कालिन माओवादीका दोलखाका सवै नेताबिरुद्ध तत्कालिन एमालेको पहलमा प्रहरीमा किटानी जाहेरी पर्यो । तामाङमाथि आक्रमण गर्ने र किटानी जाहेरीमा रहेका केही युवालाई काठमाडौंको गौशालामा तामाङका आफन्त युवाले कुटपिट गरेछन । त्यसबिरुद्ध तत्कालिन गृहमन्त्री र आइजीपीको आदेशमा म सांसद रहेको पहिचान नगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा मेरा नाममा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएछ ।’

घटनाबारे यस्तो जानकारी पाएपछि मैले प्रहरीकहाँ पुगेर सोधें कि, प्रहरीले के आधारमा यस्तो गर्यो ? तत्कालिन एसएसपी छविलाल बञ्जाडेले भुलबस मेरा नाममा मुद्दा दर्ता भएको र सरकारी वकिलको कार्यालयसँग परामर्श गरी गल्ती सच्याउने बताए र अब तपाइँले चिन्ता लिनुपर्दैन भने । अहिले अवकाश पाएका एसएसपीले जानीजानी अपराध गरेकाे थाह भयाे ।

तत्कालिन गृहमन्त्री र आइजीपीले कानूनकाे धज्जी उडाएकाे त्यही घटनालाई लिएर अहिले अदालतबाट आफूलाई पुर्जी आएको गुरुङले बताउनुभएकाे छ । अब कानुन अनुसार अघि बढ्छाैं ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…

मेष– अनावश्यक भ्रमण हुनेछ । व्यापारमा सन्तोष मिल्नेछ । साथीसंगतमा खर्च हुनेछ । वृष– क्षमताको कदर हुनेछ । राजनीतिमा अवसर…