आत्मनिर्भरताका लागि फूलखेती

कौरव खत्री
बागलुङ । गलकोटका स्थानीय महिलाले आत्मनिर्भर बन्नका लागि सामुहिक रुपमा व्यावसायिक फूलखेती शुरु गरेका छन् ।

गलकोट नगरपालिका–३ हटिया बजारका स्थानीय महिलाले सामुहिक रुपमा करिव ३५ हजारको लागतमा फूलखेतीको थालनी गरेका हुन । विभिन्न शुभकार्य तथा सभा समारोहमा खादाको प्रयोग सट्टा स्थानीय फूलको माला र पुष्प गुच्छाले स्वागत सत्कार एवं सम्मानमा फूलको बढी प्रयोग ल्याउने सोचका साथ फूल व्यवसाय गरिएको छ । चाडपर्वहरुमा समेत मंहगो मूल्य तिरेर बाहिरबाट फूल ल्याउने र त्यसलाई समेत रोक्न फूलखेती गरिएको फूलखेती गर्ने महिलाहरु बताउछन् ।

बाह्रै महिना सिजन र अपसिजनमा समेत फूल उत्पादनको विकास गर्ने र महिलाहरु उद्यमशिलतासँग जोडिएर आय आर्जनबाट आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ । स्थानीय महिलाहरु घरमा फुर्सदको समयलाई सदुपयोग गर्दै समूहमा मिलेर व्यवस्थित रुपमै गलकोट बाहिर बजारीकरण गर्ने योजनासहित व्यावसायिक फूलखेतीको शुरुवात गरिएको महिलाको भनाइ छ ।

गलकोट फ्लोरी कल्चर एवं नर्सरीको नामबाट सयपत्री जातको हाइबे्रट फूलखेतीबाट पहिलो चरणमा उत्पादित फूलको माला र थुङ्गा झण्डै २० हजारको सयपत्री फूल उत्पादन भएको छ । फूलखेतीलाई दर्ता एवं थप व्यवस्थित गर्न महिलाहरुलाई तालिम र प्राविधिक एवं आर्थिक सहयोग गर्न वडा कार्यालय तयार रहेको वडाध्यक्ष विरजंग भण्डारीले बताउनुभएको छ ।

स्थानीय गाँउघर र बजारहरु विशेष गरि चाडपर्व र विभिन्न कार्यक्रममा खादाको सट्टा स्थानीय फूलको प्रयोग बढाउने एवं फूलखेतीलाई थप विस्तार र विकास गर्नु पर्दछ । गाँउघरमा कम परिश्रम र कम लगानीबाटै महिलाहरुलाई उद्यमशिलामा जोड्दै आर्य आर्जन एवं आत्मनिर्भर बन्ने बलियो आधार फूलखेतीलाई लिन सकिन्छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।