‘कोलोजिङ चार्ज’का नाममा रकम असुल्दै सहकारी, मर्कामा सेवाग्राही

हिमलाल पराजुली
स्याङ्जा । एक महिलाले सहकारीबाट ऋण लिए बापत आफुसँग सहकारीले बढि रकम असुलेको आरोप लगाएकी छन् । वालिङस्थित गतिशिल महिला बहुउद्देश्यीय सहकारीले आफुलाई बढी पैसा लिएर ठगी गरेको भन्दै नगरपालिकामा निवेदन दिएपछि सेवाग्राहीकाट बढी  रकम लिएको घटना बाहिरीएको हो ।

वालिङ नगरपालिका १० की सरिता उपाध्यायले गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एक वर्ष पहिले ६० लाख रुपैयाँ ऋण लिएको र हाल सहकारीबाट लिएको रकमको सावाँ व्याज बुझाउँदा आफूसँग ‘कोलोजिङ चार्ज’ का नाममा ८४ हजार ५ सय रुपैयाँ बढी लिएको उपाध्यायले बताइन् ।

उनले भनिन्, ‘मैले सहकारीबाट निकालेको रकमको सावाँ ब्याज सबै बुझाएर अब यो सहकारीबाट ऋण लिन्न भन्दा पनि सुख नपाउने ?

अरु बंैकमा सस्तो व्याजदरमा पैसा पाएपछि साँवा, व्याज र सेवा शुल्क समेतको रकम तिरिसके पछि पनि सहकारीले आफूसँग ‘कोलोजिङ चार्ज’ को नाममा ८४ हजार ५ सय रुपैयाँ बढि लिएको उपाध्यायले बताइन् ।

घर निर्माणका साथै अन्य कारोबारका लागि जग्गा सहकारीमा धितो राखेर ऋण लिने क्रममा संस्थाकी अध्यक्ष कविता गैह्रेले एउटै व्यक्तिका नाममा ६० लाख रुपैयाँ दिन नमिल्ने बताएपछि आफुले आफ्नो, बुहारी र देउरानीको नाममा ३० हजारका दरले ९० हजारको ३ ओटा शेयर राखेर ६० लाख रुपैयाँ लिएपछि शुरुको तीन चार महिना मासिक १८ प्रतिशतका दरले व्याज बुझाएको र त्यस पछि १७ प्रतिशत र अन्तिममा १६ प्रतिशतका दरले व्याज बुझाउँदै आएकोमा सहकारीले तीनै जना शेयर सदस्य र घरको समेत बिमा गर्नुपर्ने भन्दै बिमा बापतको ३२ हजार समेत लिएको उपाध्यायको भनाई छ ।

उपाध्यायले आफू अन्यायमा परे पनि आफ्नो कुरा सुनुवाइ नभएको गुनासो गरिन् । संस्थाकी अध्यक्ष कविता गैह्रे सँग पटक पटक यस  विषयमा बुझ्नको लागि फोन सम्पर्क गर्दा फोन काटेपछी संस्थागत धारण बुझ्न भने सकिएको छैन् ।

वालिङ नगरपालिकाका सहकारी शाखा प्रमुख खुमाकान्त अर्यालले नगरपालिकाको न्यायिक समितिमा निवेदन परेको र सहकारीसँंग सम्बन्धित भएकोले आफु पनि ऋण दिने र लिने बीच भएको
छलफलमा सहभागि भएर संस्था र शेयर सदस्य बीचको आन्तरिक कुरा भएकोले एक आपसमा बसेर विवाद मिलाउन अनुरोध गरेको बताए ।

अर्यालले भने, ‘सेवाग्राही वा ऋण लिने व्यक्तीले मालपोतमा जग्गा रोक्का गर्दा लगायत अन्य ठाउँमा लाग्ने खर्च आफै व्यहोरेपछि सहकारीले १
प्रतिशत भन्दा बढि रकम लिनु भनेको अनियमितता गर्नु हो । यसो गर्न पाइँदैन ।’

सहकारीकी सिनियर क्रमचारी रञ्जु तिवारीले आफुहरुले संस्थाको नियम अनुसारको रकम लिएको दाबी गरिन् । पाँच सय शेयर सदस्य रहेको सहकारीमा सहकारीले शेयर सदस्य महिलाहरुलाई बढि रकम लिएर सहकारीको पोशाकको रुपमा साडिसमेत लिन बाध्य बनाएको भन्दै गुनासो समेत बढदै गएको छ । एक महिला शेयर सदस्यले नाम नखुलाउने शर्तमा भनिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…